६ मंसिर २०८१, बिहीबार
साफ च्यापियनसिपमा आज नेपाल भारत र भुटान सङ बाङ्लादेशले सामना गर्दै
आज साफ महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलका खेलहरू हुँदै छन् । आज हुने सेमिफाइनलमा भुटानले बंगलादेशको सामना गर्नेछ भने भारतलाई नेपालले टक्कर दिनेछ ।
दिउँसो साढे १ बजे सुरु हुने पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान मैदानमा उत्रनेछन् । त्यस्तै साँझ साढे ६ बजे सुरु हुने खेलमा नेपालले भारतलाई चुनौती दिनेछ ।
पछिल्लो संस्करणमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध निकालेको त्यो नै पहिलो जित हो । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ । पछिल्लो समय नेपालको मनोबल उच्च देखिएको छ । तर, समग्रमा भारत नेपालमाथि हावी हुँदै आएको देखिन्छ ।
Subscribe
Login
0 Comments