६ मंसिर २०८१, बिहीबार

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

एसीपी संवाददाता

१२ कार्तिक २०८१, सोमबार १०:४९ मा प्रकाशित

काठमाडौं – साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १–१ बराबरीको अवस्थामा ल्याएकी हुन् ।

त्यसअघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टा भन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशकाे सामना गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x