६ मंसिर २०८१, बिहीबार

उपबिजेता नेपाली खेलाडीलाई प्रोत्साहन स्वरूप जनही ३ दिने सरकारको तयारी

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार १६:११ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए । बुधबार सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x