६ मंसिर २०८१, बिहीबार

भारतको सशस्त्र सीमा बलका प्रमुख काठमाण्डौमा

एसीपी संवाददाता

३० कार्तिक २०८१, शुक्रबार १७:३७ मा प्रकाशित

काठमाण्डौ – नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारीमा रहेको भारतको सशस्त्र सीमा बल (एसएसबी) प्रमुख अमृत मोहन प्रसाद आज काठमाण्डौ आउँदै हुनुहुन्छ ।

हरेक वर्ष पालैपालो एकअर्काको देशमा हुने द्विपक्षीय संवादका लागि एसएसबी महानिर्देशक अमृत मोहन प्रसाद नेपाल आउन लाग्नुभएको सशस्त्र प्रहरीले जनाएको छ । खुला सीमा सुरक्षाको विशेष जिम्मेवारीमा रहेका दुई सङ्गठनहरूको यस्तो परम्पराले आपसी आत्मविश्वास बढाउने विज्ञहरूले बताएका छन् ।

सीमा सुरक्षामा खटिएका दुईवटा देशका सीमा सुरक्षा फौजबीच मैत्रीपूर्ण सम्बन्ध राखिराख्नका लागि यो भ्रमणको महत्त्व रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

पर्सि आइतवारसम्म दुई सुरक्षा सङ्गठनबीच हुने द्विपक्षीय बैठकमा सीमा सुरक्षाका धेरैजसो पुरानै र केही नयाँ परिवेशका विकसित घटनाक्रमले प्राथमिकता पाउने सहप्रवक्ता थापाको भनाइ छ ।

सीमा सुरक्षाका अतिरिक्त नेपाल–भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई सङ्गठनहरू सहकार्य गर्दै आएका छन् ।

यसैबीच, भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पनि मङ्सिर पाँच गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतीय दुई सुरक्षा निकायका प्रमुखहरू नेपाल आउने भएका हुन् । प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन जाँदै हुनुहुन्छ । उज्यालो बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x