६ मंसिर २०८१, बिहीबार

जागरण सभाबारे एमालेको पत्रकार सम्मेलन

एसीपी संवाददाता

६ मंसिर २०८१, बिहीबार ०७:५८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको मंसिर ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । आज पत्रकार सम्मेलन गरी पार्टीले भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डपमा नअट्ने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले जानकारी गराउनुभयो ।

एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैलाउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सभा आयोजना गर्न लागिएको जनाएको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x