डिजिटल मिडियामा महिलाहरुको सहभागिता बृद्धिका लागि पहल गर्ने : अध्यक्ष चौलागाइ
बाँके। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिलाको सहभागिता वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सन्डे कल्बलाई निरन्तरता दिदै आईतबार क्रियाशील महिला पत्रकारद्वारा आयोजित एक कार्यक्रमका बीच चौलागाईले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 
क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रम अध्यक्ष चौलागाईले उद्घाटन गरेका थिए । अध्यक्ष चौलागाईले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास बताएका छन्।

त्यस्तै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताए । उनले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्दै आएको बताए । 
कार्यक्रमका बीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पुर्वअध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्ष बनाएर अगाडि बढ्नुपर्ने आवश्यकत रहेको औल्याइन। थापाले पत्रकारिता गरिरहदा देखिएका चुनौतीहरुलाई समाधान गर्दै डिजिटल प्लेटफम प्रयोग गरी सञ्चार जगतमा राम्रो सम्भावना बोकेको बताइन् ।
साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्या भित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषय भएको बताए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी,नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष अर्जुन वली,समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा ,चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेल ,अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गरेका थिए । उनले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामा यसलाई भरपर्दे र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिएका छन् । उनले विश्यमा यसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउदो र छरितो भएको धारणा राखे ।
क्रियाशिल पत्रकार महिला बाँकेले सन्डे कल्ब अन्र्तगत आज नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि पहिलो कार्यक्रम गरेको हो ।
यसपछाडि सन्डे कल्ब अन्र्तगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताइन् । उनले डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दै सशक्त बनाउने उदेश्य अनुसार कार्यक्रम गरिएको बताइन् ।



