२९ माघ २०८२, बुधबार

बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरु संग अन्र्तक्रिया कार्यक्रम

एसीपी संवाददाता

१२ जेष्ठ २०८२, आईतवार २१:४५ मा प्रकाशित

बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सामुहिक एक्येबद्धता जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा आज बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरु संग गरीएको अन्र्तक्रिया कार्यक्रमका सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन ।

उनिहरुले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणका लागि बनाएका योजना तथा कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सहभागी हुन सकेमा पर्यावरणीय संरक्षण हुनुका साथै पर्यापर्यटनले पनि फड्को मार्ने बताएका हुन । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले अहिले बन्यजन्तुको संख्यामा बृद्धि भएको बताउँदै स्थापनाको उदेश्य अनुसार कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन २०२२ को सर्वेक्षण अनुसार बाँके राष्ट्रि«य निकुञ्जमा २५ वटा बाघ रहेका छन । यस्तै स्तनधारी बन्यजन्तु ३४,चरा २ सय ७६ ,सरिसृप २४ ,उभयचर ९ र माछा ५५ गरी ४ सय २२ प्रजाति रहेका छन । जसमा दुर्लभ र सामान्य गरेर समेत प्रजातिको विभाजन गरीएको छ । यस्तै निकुञ्जका संरक्षण अधिकृत मन्दिप पंगेनीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा ८० वटा कृतिम पोखरी निर्माण गरीएतापनि १६ वटा मात्र सञ्चालित अवस्थामा रहेका छन । जसमध्ये १३ वटामा सोलार सिस्टम जडान गरीएको छ । नेपालको १० औ राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको निकुजले सबै सरोकारवालाहरु संग समन्वयात्मक रुपमा कार्य अगाडि बढाइएको पनि संरक्षण अधिकृत पंगेनीले बताउनुभयो । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले पत्रकार महिलाहरुले जङ्गगल सफारीका साथै जैविक विविधता संरक्षणका लागि स्थलगत रिपोर्टिङ्ग गर्दा विविध वातावरणीय सवालका बारेमा उजागर भएको बताउनुभयो ।

यस्तै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले स्थलगत रिपोर्टिङ्गले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु र तिनको बासस्थान , बनेका भौतिक संरचना ,बन्यजन्तुको आहार ब्यहारका साथै मध्यवर्ती क्षेत्र ब्यबस्थापनका बिषयमा पनि मिडियामा सवाल उठाउन सहज भएको बताउनुभयो । अध्यक्ष गिरीले वातावरणीय संगै आगामी दिनमा कृषि, पर्यटन ,शिक्षा ,स्वास्थ्य लगायत बिविध बिषयगत क्षेत्रको सामुहिक अवलोकन गर्ने र बिषयबस्तु उठान गर्ने बताउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x