१५ भाद्र २०८३, सोमबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री

एसीपी संवाददाता

१६ जेष्ठ २०८२, बिहीबार ०८:५७ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको छ ।

बुधबार सघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा सङ्गीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको बताउनुभयो ।

गृहमन्त्री लेखकले परम्परागत बाजा तथा साङ्गीतिक कलाहरूलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर सङ्गीतमय नियन्त्रणको कुरा गर्नुभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री ज्यूले बिहीबार गणतन्त्र दिवसको अवसरमा राजधानीमा यसलाई सङ्गीतमय बनाऔँ, सङ्गीत महोत्सवको रूपमा बढाऔँ र गणतन्त्र दिवसलाई बढो उत्साहका साथ मनाऔँ । सांस्कृतिक कार्यक्रमका साथ मनाऔँ । हाम्रा जति पनि परम्परागत बाजाहरू छन्, परम्परागत हाम्रो साङ्गीतिक कलाहरू छन्, त्यसको सडकमा प्रदर्शन गरेर यसलाई गणतन्त्र दिवसको महोत्सवको रूपमा, साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा भन्नुभएको भन्ने मैले बुझेको छु । त्यस कारण उहाँले सङ्गीतमय नियन्त्रणको कुरा गर्नुभएको हो । यो कुनै राजनीतिक, हिंसात्मक नियन्त्रण होइन । सङ्गीतको नियन्त्रण हो ।”

उहाँले राजावादीहरूले बिहीबार काठमाडौंमा गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिहरू सैह्य नहुने चेतावनी दिनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x