३२ असार २०८३, बिहीबार

बाँके जिल्ला प्रशासन कार्यालयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी दियो ज्ञापनपत्र बुझायो

एसीपी संवाददाता

६ असार २०८२, शुक्रबार १२:२४ मा प्रकाशित

नेपालगञ्ज । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रीय आयोजनामा देशका ७७ जिल्लाका सिडिओलाई ज्ञापनपत्र वुझाउने निर्णय अनुसार बाँकेमा पनि ज्ञापनपत्र बुझाइएको हो । केन्द्रीय पर्चा, ३ नम्बर व्यूरोले तयार पारेको २१ बुँदे भ्रष्टाचार हुने क्षेत्र तोकेको पर्चासहित जिल्ला सेक्रेटेरी गुणानिधि आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्र सिडिओलाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझाइसकेपछि भेरी अस्पताल चोकमा कोणसभा गरिएको थियो । कोणसभामा प्रमुख वक्ता पार्टीका पोलिटव्युरो सदस्य तथा ३ नम्बर (भेरी-कर्णाली) व्युरो सेक्रेटरी दिपक शाहीले सम्बोधन गर्दै संसदीय व्यवस्थाले जनतालाई दिन प्रति दिन कमजोर पार्दै लगेको जिकिर गरे । उनले यो व्यवस्थाको केन्द्रदेखि स्थानीय स्तरसम्म भ्रष्टाचार ब्याप्त रहेको दाबी गरे । कोणसभामा पार्टी जिल्ला सेक्रेटरी आचार्यले पनि सम्बोधन गरेका थिए भने सञ्चालन विक्रम भण्डारीले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x