३२ असार २०८३, बिहीबार

९० जना बाबलिकलाई शैक्षिक सामग्री र पढाई कुना निर्माणका सामग्री वितरण

एसीपी संवाददाता

८ असार २०८२, आईतवार १०:१० मा प्रकाशित

बर्दिया –  बाल बालिकाको पढ्ने बानीको बिकाश गर्ने ,नियमित विद्यालय जान प्रोत्साहन गर्ने साथै बालबालिकाको सिकाई उपलब्धिमा सुधार ल्याउने उद्देश्यले शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ ।
मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा साथै प्लान इन्टरनेसनल नेपाल को साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले ६० जना बाबलिकलाई शैक्षिक सामग्री र ३० जना बालबालिकालाई पढाई कुरा निर्माणका सामग्री वितरण गरेको हो ।
परियोजना लागु भएको सिमा क्षेत्रका १० विद्यालयका अति गरिब ,बिपन्न ,दलित ,पछाडी पारिएका समुह ,प्लान प्रायोजित परिवारका बालबालिकालाई विद्यालयको सिफारिसमा सो सामग्री सहयोग गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले बताउनु भयो ।
त्यसैगरी कार्यक्रम मा बोल्दै भेरी माध्यमिक विधालयका प्र.अ.शिब प्रसाद कोइरालाले सैक्षिक सामग्री तथा पढाई कुना सामग्री सहयोगले बालबालिकाहरु पढाई प्रति अभिरुची बढन मदत गर्नुका साथै घरमा पनि नियमित पदने बानिको विकास हुने र यसको निरन्तरताका साथै दिगोपनका लागि विद्यालयले योजना बनाएर नियमित अनुगमन गर्ने बताउनु भयो ।
सामग्री वितरण कार्यक्रममा विद्यालयका प्र.अ.,शिक्षक ,अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो भने सामग्री वितरण प्र.अ .परियोजनाका कार्यक्रम संयोजक इश्वर बिक फिल्ड सुपरभाइजर,सावित्रा भाट र प्रमिषा थारुले गरेका थिए ।
मानब बेच बिखन तथा बाल बेचबिखन नियन्त्र गर्ने उद्देश्यले संचालित सुरक्षा परियोजन अन्तर्गत विद्यालयलाइ सुरक्षित ,समाबेसी ,लैंगिक मैत्री बनाउनका लागि विद्यालय तहमा सचेतना मुलक कार्यक्रम,अभिमुखीकरण ,अन्तरक्रिया,गोष्ठी ,तालिमहरु निरन्तर संचालन गर्दै आइरहेको संस्थाका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनु भयो ।

कार्यक्रमका एक झलक तस्बिरमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x