३२ असार २०८३, बिहीबार

नेपाली राजनीतिमा भारत बलजफ्ती तानिन्छ, तर हामीले वास्ता गर्नु हुँदैन : विदेशमन्त्री जयशंकर

एसीपी संवाददाता

८ असार २०८२, आईतवार १०:५१ मा प्रकाशित

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले आफ्ना छिमेकी देशहरूसँग सधैं राम्रो र सहज सम्बन्धको अपेक्षा गर्नु नहुने बताएका छन‍्। भारतले बनाएको समझदार नीतिले कुनै पनि देशमा सरकार परिवर्तन भए पनि सम्बन्ध राम्रो रहने उनको भनाइ छ।

सोही क्रममा जयशंकरले छिमेकी देश नेपालको राजनीतिमा धेरै पटक भारत तानिँदै आउको छ। तर भारले यसको वास्ता गर्न नहुने बताए। उनले विगत ११ वर्षमा मोदी सरकारले छिमेकी देशहरूसँग भारतको सम्बन्धलाई सुदृढ पार्न विशेष ध्यान दिएको पनि जिकिर गरे। छ।

उनले श्रीलंकामा सरकार परिवर्तन भयो तर भारतसँगको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भने, ‘सुरुमा माल्दिभ्ससँग केही समस्या थियो तर अहिले सम्बन्धमा सुधार आएको छ। भारतलाई प्रायः नेपालको राजनीतिमा तानिन्छ, तर हामीले त्यसबाट वास्ता गर्नु हुँदैन।’

जयशंकरले छिमेकी देशहरूसँगको सम्बन्धमा उतारचढाव आए पनि भारतले बुद्धिमानीपूर्वक काम गर्नुपर्ने सुझाए।

यस्तै उनले भारतका हरेक छिमेकीले भारतसँग मिलेर काम गर्नु उनीहरूको लागि फाइदाजनक रहेको भनेर बुझ्नु पर्ने बताए। साथै उनले सबै छिमेकी राष्ट्रहरूले भारतसँग मिलेर काम नगरेको खण्डमा उनीहरूकै लागि हानिकारक हुने बताए।

उनले पाकिस्तान एक अपवाद भएकाले यसको पहिचान सेनाको वरिपरि बनेको र यो सुरुदेखि नै भारतप्रति शत्रुताले भरिएको उल्लेख गरे। साथै विगतका सरकारहरूको नीति पाकिस्तानप्रति नरम रहेको तर मोदी सरकारले त्यसलाई परिवर्तन गरेको पनि जिकिर गरे। एजेन्सी/ नागरिकमा प्रकाशित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x