१२ जेष्ठ २०८३, मंगलवार

साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाइ विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण

एसीपी संवाददाता

१३ असार २०८२, शुक्रबार १७:२७ मा प्रकाशित

बर्दिया, असार १३ गते — बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाइ विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ।

ल्यापटप, स्टिल क्याबिनेट, काठको टेबल, घुम्ने कुर्सी, एयर कूलर, कार्पेट, पारदर्शी पर्दा, सिलिङ फ्यान, भ्याकुम क्लिनर, प्रोजेक्टर, टेबल फ्यान, इनभर्टर र ब्याट्री लगायतका सामग्रीहरू प्रदान गरिएको हो। यस सहयोगले सिमा नाकामा आवत जावत गर्ने लाभग्राहीहरू र त्यहाँ कार्यरत कर्मचारीहरूको सेवा सुविधा सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ
कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बी.के. ले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवा पहुँचमा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणाली सुदृढ बनाउने लक्ष्य अन्तर्गत गरिएको जानकारी दिनुभयो।

उक्त सामग्रीहरू बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक ग़ुलाम ग़ौस र ईश्वर बी.के. द्वारा साथी संस्थाकी कार्यकारी समिति सदस्य सरस्वती शर्मालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो
सामग्री प्राप्त गरेपछि शर्माले भनिन्, “हामीले अत्यावश्यक सामग्रीहरू प्राप्त गरेका छौँ, जसले सूचना केन्द्र सञ्चालनमा निकै सहजता ल्याउनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x