१२ जेष्ठ २०८३, मंगलवार

दलित एकता प्रयासमा पत्रकारलाई भेट्न् पुगे

एसीपी संवाददाता

१४ असार २०८२, शनिबार १३:०२ मा प्रकाशित

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष तथा संविधानसभा सदस्य माननीय श्री बिनोद पहाडीले कपिलवस्तुको शिवराज नगरपालिका–३, बनकट्टीमा अवस्थित रेडियो मेरो साथी एफ.एम.मा दलित नेताहरूसँग भेटघाट गर्नुभएको छ।

उक्त भेटघाट कार्यक्रमका क्रममा अध्यक्ष पहाडीले दलित समुदायको हक, अधिकार र समावेशी प्रतिनिधित्वका विषयमा धारणा राख्दै सञ्चारकर्मीहरूसँग समेत संवाद गर्नुभएको थियो। उहाँले सञ्चारमार्फत दलित आवाजलाई प्रभावकारी ढंगले उठाउनु पर्ने आवश्यकता औंल्याउँदै रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कपिलवस्तु जिल्लाका स्थानीय दलित अगुवाहरू, जनप्रतिनिधिहरू, पत्रकार तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले दलित समुदायको सशक्तिकरणका लागि राज्य, सञ्चारमाध्यम र समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमले दलित नेतृत्व, सञ्चार क्षेत्र र नीतिनिर्माताबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । उक्त  भेटघाट कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ, नेपाल शाखा कपिलवस्तुको ब्यवस्थापनमा भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x