२९ माघ २०८२, बुधबार

चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनीको नाममा ठगी गर्ने गिरोह पक्राउ

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार ११:२७ मा प्रकाशित

  • प्रहरीले क्रिप्टो कारोबार र ठगीमा संलग्न ५२ जनालाई पक्राउ गरेको छ।
  • ललितपुरमा कल सेन्टरको आवरणमा बसेर युवती प्रयोग गरी ठगी गरेको पुष्टि भएको छ।
  • प्रहरीले उनीहरूको साथबाट १३ लाख नगद र ठगीमा प्रयोग भएका डिभाइसहरू बरामद गरेको छ।

काठमाडौँ । क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५२ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् ।  ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीले काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ ।  आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको एसपी खड्काले जानकारी दिए ।रातोपाटी  बाट  साभार गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x