२९ माघ २०८२, बुधबार

डेढ अर्ब भन्दा बढीको क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय पक्राउ

एसीपी संवाददाता

२५ असार २०८२, बुधबार १२:२८ मा प्रकाशित

( नेपाल क्राइम ) गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।नेपाल प्रहरीककेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।

सीआईबीका अनुसार उनीहरुले सानेपामा राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरिरहेको पाइएको छ ।सोमबार पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ८ लाख २० हजार नेपाली रुपैयाँ र भारु १० हजार र एकथान सीसीटीभी डिभिआर संरक्षित बन्यजन्तु कस्तुरीको विना खेटोपहार जस्तो वस्तु समेत बरामद   गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x