सुन तस्कर गोरे कहाँ फरार भए ?
काठमाडौं – आन्दोलन को मौका थियो कैदि हरु धमाधम फरार कसरी भए । जेनजीले गरेको आन्दोलनको मौकामा फरार भएका कैदी हुन् गोरे उर्फ चुडामणि उप्रेती । सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार एकाएक गायब भए उनलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन ।
राजधानीमा जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीहरु सुरक्षा बाहिर आवश्यक भयो र भित्र कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरू धमाधम भाग्न शुरु गरे । सुन्धारा कारागारबाट मात्रै ३ हजार ३ सय कैदी फरार भएका थिए
सुन्धारा कारागारबाट फरार भएका एक जना कैदी हुन गोरे साढे ३८ क्विन्टल सुन तस्करी काण्डमा जोडिएका ठुलो सुन तस्कर हुन । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।
प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।



