अलग – अलग स्थानमा चोरी गर्ने धम्कि सहित पर्चा टास्ने २ चोर पक्राउ , अन्य समूह खोजीकार्य जारी
नेपालगन्ज – नेपालगन्ज बिगत महिनौ देखि चोरि गर्ने धम्कि सहित पर्चा अभियानले तनावग्रस्त बनेको बाँकेमा अहिले स्थानीयले चोर पक्राउ गरेका छ्न ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनी बजारमा दुई जना चोर लाई पक्राउ गरेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छ्न ।
स्थानीयले नेपालगन्ज वडा नम्बर ३ स्थित एकलैनीमा गएराति बिद्युत पाेलकाे बत्ती फाेड्न लाग्दा स्थानीयले चोरलाई नियन्त्रणमा लिइएका हुन ।
नेपालगन्ज वडा नम्बर ३ मा चाेरहरुले एक दिनअघि नै पर्चा टासेर ३० जनाको समूहमा आएर सबैभन्दा पहिले बिद्युत पाेलकाे बत्ती फोडेर अध्यारोमा चाेरी गर्ने भनेर चेतावनी समेत दिएका थिए । 
घटनास्थलबाट गोली नभई , गोलीको बाहिरी खोल (कार्टेज केस) मात्र बरामद गरिएको र गन्दाखेरि परिणाम लगभग २०९६ र दुईटा आरी ब्लेट एक थान पिलास रहेको हो ।
घटनापछि वरपरका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय बासिन्दाहरुलाई पनि सजग रहन र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी कार्यालयमा सुचना दिन अनुरोध गरिएको छ ।
यसै बीच नेपालगन्ज वडा नम्बर १० बालाजी टोल , नेपालगन्ज वडा नम्बर ११ इदगा रोड , नेपालगन्ज १८ भुजाइगाउँ र नेपालगन्ज जैसपुर मा केही अघि नै पर्चा टासेर चोरी गर्ने चेतावनी दिदै आएका हुन । प्रहरीले चोर हरु लाई समात्न स्थानीयको सहयोग पहल शुरु गरेको हो । 




