पाकिस्तानी महिलाहरुले सुन पसल लुटने प्रयास , अहिले प्रहरीको फन्दामा
नेपालमा वैदेशिक रोजगारीमा जाने नेपाली महिला भन्दा नेपाल आएकी पाकिस्तानी महिलाको चर्चा बढेको छ ।
को हुन ई पाकिस्तानी महिलाको समूह ?
नेपाल कसरी पाईन प्रवेश ?
इनिहरु नेपालमा के गर्दै छ जवाफ देउ सरकार ?
यसरी चोरिमा सलग्न हुन पाईन्छ ?
अध्यागमन के काम लागि नेपाल आउन दियो ?
पाकिस्तानी महिलाको अब नेपालमा इ कुराको चर्चा बढेको ले नेपाल सरकार र प्रहरी थप सक्रिय हुने जरुरी रहेको छ ।
किन आइन र यसरी अनैतिक कार्य कारोबार लूट कार्यमा कसरी सलग्न भइन ?
के छ नेपालीहरु सङ इनको कनेक्सन । पाकिस्तानी महिलाहरु आफै एक्लै बिना टिम कसरी गर्छ्न लुटपाट ?
अथवा इनि जस्तै पाकिस्तानी महिलाको जिल्ला जिल्लामा छ लुटने समुह ?
कस्ता कस्ता अपराध मा सलग्न हुन ?
मन्दिर मन्दिर जाने सुनका सिकरी चोरी गर्ने कार्य सक्रिय हुने ?
नेपाली महिलाहरु लाई लोभ दिने र उनको भासा सैलीको कपि गर्ने कोसिस गर्ने अनि चोरी गर्ने । अनि आफुले चोरी गर्ने गराउने अपराधमा पाकिस्तानी महिला सक्रिय रहने कहिले सुन पसल कहिले बजारमा कहिले मन्दिर मा गई गरगहना लुट्ने जस्ता अपराधीक कृयाकलालमा सलग्न ।
- कपिलवस्तुको चन्द्रौटामा रहेको एक सुनचाँदी पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु कसरी नेपाल प्रवेश गरे र कपिलवस्तुमा बस्दै आएका थिए प्रहरीले अनुसन्धान सुरु गरेको छ। यस अपराधमा समलग्नलाई तान्न जरुरी रहेकोे छ । नेपालको भारतिय नजिकै को सिमाना जोडिएको कपिलवस्तु जिल्लामा नै बसिन को हुन इनिहरुलाई सरन दिने प्रहरीले अनुसन्धान थालेको छ ।

ग्राहकको रूपमा पसलमा प्रवेश गरेका ती महिलाहरूले सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा चोरी गरेको बताइएको छ। चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए।
पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरेका थिए। केही पर पुगेपछि ती महिलाहरू फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका पाकिस्तानी महिला कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट बरामद भएको छ।पाकिस्तान बाट आएर इनिहरुले भारतिय सिमामा जोडिएको कपिलवस्तु जिल्ला नै किन चुने । नेपाल भारत सम्बन्ध मा गलत प्रभाव बनाउने प्रयास के यो पाकिस्तानी चाल हो ।
ग्राहक बनेर गहना हेर्ने बहानामा उनीहरूले रुपन्देहीको योगिकुटी, तौलिहवा र चन्द्रौटामा एकै दिन चोरी गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूसँगबाट पासपोर्ट समेत बरामद भएको छ ।


