१४ जेष्ठ २०८३, बिहीबार

लेबनानमा ठूलो आक्रमणको तयारीमा इजरायली सेना

एसीपी संवाददाता

१४ जेष्ठ २०८३, बिहीबार ०९:२३ मा प्रकाशित

इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश जारी गरेको छ।

नयाँ आक्रमण हुनुभन्दा पहिले नै यसले यी क्षेत्रहरूलाई ‘युद्ध क्षेत्र’ घोषणा गरिसकेको छ।

इजरायल रक्षा बलले मानिसहरूलाई जहरानी नदीको उत्तरतिर सर्न आग्रह गरेको हो। यो नदी इजरायलको सीमाबाट लगभग ४० किलोमिटर टाढा छ।

रक्षा बलले ‘अत्यन्तै कडा’ कारबाही गर्ने बताएको छ। उसले हिजबुल्लाहमाथि बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।

यो अप्रिल १७ मा युद्धविराम लागू भएदेखिको सबैभन्दा ठूलो निकासी आदेश हो, जसले लेबनानको लगभग १४ प्रतिशत भूभागलाई असर गरेको छ।

यसअघि बुधबार इजरायलले दक्षिणी शहर टायरमा हवाई आक्रमण गरेको थियो। हिजबुल्लाहले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाएको छ।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x