१४ जेष्ठ २०८३, बिहीबार

हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपिल

एसीपी संवाददाता

१४ जेष्ठ २०८३, बिहीबार ०९:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दूहरूको मन्दिरमा आगो लगाउने धम्की दिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै एउटा समूह तथा सोही समूहका व्यक्तिले पत्रकार सम्मेलन गरेर हिन्दूहरूको मन्दिरमा आगो लगाउने सार्वजनिक धम्की दिएको उल्लेख गर्दै सरकार मौन बसेकोप्रति प्रश्न उठाएका छन्।

शाहीले कुनै पनि धर्मका धार्मिक स्थलमा आगो लगाउने, तोडफोड गर्ने वा त्यस्तो धम्की दिने कार्य नेपालको संविधान २०७२ को धारा २६ तथा मुलुकी अपराध संहिता, २०७४ विपरीत भएको बताएका छन्। उनले यस्तो गतिविधि धार्मिक भावना र आस्थामाथिको आक्रमण भएको उल्लेख गरेका छन्।

उनले गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका सम्माननीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कानुन विपरीत गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न हार्दिक अपिल गरेका छन्।

शाहीले “हाम्रो आस्था, संस्कृति र भविष्य माथि कसैले धावा बोल्ने अधिकार छैन” भन्दै नेपाल धार्मिक सहिष्णुता, सद्भाव र पारस्परिक सम्मानको देश भएकाले धार्मिक सद्भाव कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x