१९ जेष्ठ २०८३, मंगलवार

रास्वपा) का सभापति लामिछाने पाँचदिने औपचारिक भारत भ्रमणमा

एसीपी संवाददाता

१९ जेष्ठ २०८३, मंगलवार ०७:०१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी सोमबार दिल्ली पुगेका हुन्।

दिल्लीस्थित विमानस्थलमा लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) सहभागी छन्।

भ्रमणका क्रममा लामिछानेले मंगलबार बिहान ११ बजे भाजपाको मुख्यालयमा पार्टी अध्यक्ष नितिन नविनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको बताइएको छ। भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेशमन्त्री एस. जयशंकरसँग पनि लामिछानेको भेटवार्ता हुने जनाइएको छ।

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x