२१ श्रावण २०८३, बिहीबार
काङ्ग्रेसका पुर्ब सभापति देउवा नेपाल फर्किदै , पार्टीको गतिविधिमा सक्रिय हुने ,
काठमाडौं । उपचारका लागि हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २९ गतेअघि नै नेपाल फर्किने तयारीमा रहेको जनाइएको छ।
स्वदेश फर्किएलगत्तै उहाँ पुनः पार्टीका गतिविधि तथा समसामयिक राष्ट्रिय राजनीतिमा सक्रिय हुने बताइएको छ।
देउवाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको स्रोतले जनाएको छ। उहाँको स्वदेश फिर्तापछि नेपाली कांग्रेसको आन्तरिक गतिविधि, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ।
देउवाको नेपाल फर्किने तयारीलाई कांग्रेस पार्टी र नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।
देउवाको सक्रियताले आगामी राजनीतिक गतिविधिमा पार्टीको नयाँ कार्यदिशामा सक्रिय हुने अनुमान गरिएको छ।
Subscribe
Login
0 Comments


