२१ कार्तिक २०८३, शुक्रबार

अब यो ” एक्स – मुस्लिम ” को चक्कर के हो ! अवसरवादी , स्वार्थीहरुको कमाउने धन्धा

एसीपी संवाददाता

२२ श्रावण २०८३, शुक्रबार ११:५६ मा प्रकाशित

शाहिदा बानो शाह , बाँके , नेपालगन्ज =  आज जुमा अर्थात् शुक्रबारको मुबारक दिन हो । त्यसैले केही महत्वपूर्ण कुरा साझा गर्न मन लाग्यो।
कुरा के हो भने, इस्लामभन्दा फरक धर्म मान्ने मानिसहरूलाई गैर-मुस्लिम भनिन्छ। यहाँ “गैर” भन्नाले इस्लामभन्दा फरक धर्म मान्ने व्यक्ति भन्ने बुझिन्छ ‌। जस्तै, परिवारका सदस्यहरूलाई वंश वा परिवारका सदस्य भनिन्छ भने परिवारभन्दा बाहिरका मानिसहरूलाई “गैर” अर्थात् फरक वा बाहिरका मानिस भनिन्छ।

अब इस्लामको कुरा गर्ने हो भने, जसले हृदय र जिब्रो दुबैबाट तौहीद (अल्लाहको एकत्वमा विश्वास) स्वीकार गर्छ र इस्लामका आदेशहरूको पालना गर्छ, ऊ नै मुस्लिम हुन्छ । यदि कुनै मुस्लिमले इस्लाम त्याग्छ वा इस्लामबाट फर्कन्छ (का-फिर) भने उसलाई काफिर वा मुर्तद भनिन्छ।

अब यो “एक्स-मुस्लिम” को चक्कर के हो त भन्दाखेरि इस्लामी धार्मिक अवधारणाको दृष्टिले “एक्स मुस्लिम” भन्ने छुट्टै धार्मिक धारणा वा श्रेणी छैन् । यो केही अवसरवादी र स्वार्थीहरुको कमाउने खाने ढंग हो, मानिसहरूलाई मुर्ख बनाउने तरिका हो, नीजि फाईदा उठाने मौका हो, अनि भाईरल हुने फण्डा मात्र हो केवल ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x