अर्काको घर कब्जा गरेर दादागिरी देखाउने फणिन्द्र नेपाललाई प्रहरीले लगायो ठेगानमा
भदौ २४ गते बिहिबार । अर्काको घर कब्जा गरेर दादागिरी देखाउने फणिन्द्र नेपाललाई प्रहरीले ठेगान लगाएको छ । शक्ति र पहुँचका भरमा अर्काको सम्पत्तिमा अवैध रुपमा कब्जा गरेर ज्यादती गर्ने नेपाललाई नेपाल प्रहरी र काठमाडौं महानगरपालिका प्रहरीले सबक सिकाएको हो ।
भारत र पश्चिममाको सधै विरोध गर्ने र चीनको ‘गुलामी’ गरेर आफ्नो दोकान चलाएका फणिन्द्रले शक्ति र पहुँचकै आधारमा अदालतको आदेशलाई समेत अटेरी गरेका छन् । छिमेकी तथा मित्र राष्ट्रको विरोध गरेर पब्लिसिटी र आर्थिक लाभ आर्जन गर्दै आएका धुन्धुकारी फणिन्द्र दम्पती नै अर्काको सम्पत्ति कब्जा गर्ने धन्दामा लागेको कर्तुत पनि बाहिर आएको छ र सुरक्षा निकायले एक्सन लिएर लखेटेको छ ।
आजको विश्वमा पूर्वको टिस्टादेखि पश्चिम किल्ला काँगडासम्मको ‘ग्रेटर नेपाल’को कुरा गरेर आफ्नो दुनो सोझ्याउँदै आएका नेपालले त्यतिले नपुगेर सोझा साझा मान्छेलाई आफ्नो जालमा पारी उसको सम्पत्ति कब्जा गर्ने धन्दा पनि गर्दै आएको तथ्य बाहिर आएको छ ।
प्रसंग हो चाबहिलका नरेश न्यौपानेको घर कब्जा । न्यौपानेको घर विगत ५ वर्षदेखि कब्जा गरेर फणिन्द्र नेपाल दम्पत्तिले उपभोग गर्दै आएका थिए । उनीहरुले स्कुल सञ्चालन गरेर व्यवसाय गर्दै आएका थिए । फणिन्द्र र उनकी पत्नी रोहिकाले न्यौपानेको घर कब्जा गरेर स्कुल चलाउँदै आएका थिए । घरबेटी न्यौपानेले उनीहरुलाई हटाउन धेरै प्रयास गरे । काठमाडौं महानगरले पनि हटाउन प्रयास गर्यो । तर शक्ति र पहुँच भएका फणिन्द्रले टेरेनन् । यति गर्दा नि नभएपछि यो मुद्दा महानगर हुँदै अदालत पुग्यो ।
रोचक त के छ भने आफै घर कब्जा गरेका फणिन्द्र दम्पती घरमा दाबी गर्दै अदालत गएका हुन् । तर जित न्यायको हुन्छ भनेजस्तै जिल्ला अदालतले घर खाली गर्न आदेश दियो । जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी घरभाडा चुक्ता गरी घर खाली गर्न आदेश दिएको थियो । तर यो आदेशलाई पनि टेरपुच्छर लाएन फणिन्द्र दम्पत्तिले ।
आदेशअनुसार घर खाली गर्न महानगरले पनि ताकेता गरयो । तर फणिन्द्र दम्पत्ति अटेरी गरेर बस्यो । अन्ततः जिल्ला अदालतमा आदेश अवज्ञाको अर्को निवेदन परयो । अदालतले आदेश कार्यान्वयन गराउन किटेरै महानगरलाई भन्यो । महानगरले फेरि खाली गराउन समय दियो । यति गर्दा नि नमानेपछि बाध्य भएर महानगरले नेपाल प्रहरीको सहयोगमा आफ्ना प्रहरीलाई डोजरसहित खटाएर बल प्रयोग गरी घर खाली गरायो ।
घर कब्जा गरेर दादागिरी देखाउने फणिन्द्र दम्पतीलाई त्यहाँबाट लखेट्यो । फणिन्द्र दम्पतीले घरबेटी न्यौपानेलाई भाडा समेत नदिएको खुलेको छ । वडा कार्यालयले घर खाली गराउन सम्झौता गराए पनि उक्त सम्झौतालाई मानेका थिएनन् । घरबेटी न्यौपानेलाई आफ्नो माथि माथिसम्म पहुँच रहेको भन्दै धम्क्याउँदै डराउँदै कब्जा गर्दै आफ्नो व्यवसाय चलाइरहेका थिए । नेपाल दम्पतीले न्यौपानेको घर कब्जा गरेर चाबहिलमा इडेन पब्लिक स्कुल सञ्चालन गर्दै आएका थिए । अदालतको ताकेतापछि अन्तिमपटक महानगरले १० भदौमा घर खाली गराउने निर्णय गर्दै १८ गतेसम्म खाली गर्न फणिन्द्रकी श्रीमती रोहिका नेपाललाई पत्र लेखेको थियो ।
‘तपाईले यो पत्र पाए वा रितपूर्वक तामेल भएपश्चात न्यायिक समितिबाट भएको निर्णय मिति २०७८÷०५÷१७ गते अगावै तपाई आफैले कार्यान्वयन गरी यस कार्यालयलाई जानकारी गराउनु होला । अन्यथा मिति २०७८÷०५÷१८ गते यसै कार्यालयबाट डोर खटि आई निर्णयानुसार कार्यान्वयन गरिने ब्यहोरा सूचित गरिन्छ,’ पत्रमा भनिएको थियो ।
पत्रमार्फत महानगरले अग्रिम जानकारी गराउँदा समेत खाली नछाडेपछि नेपाल प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार डोजर नै चलाएर घर खाली गराएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएका थिए ।
२ वर्षपछिबाट भाडा तिर्न छाडेका थिए । त्यसयता अहिलेसम्म भाडा नतिरेको घरबेटी न्यौपाने गुनासो गरे । उल्टै धम्क्याएर घरै कब्जा गरेको उनले बताए । अहिले महानगर र अदालतले राहत दिएको उनको भनाई छ । ढिलै भए पनि लामो लडाई लडेर न्याय पाएको उनको प्रतिक्रिया छ ।


