४ आश्विन २०८३, आईतवार
चीनले एटलान्टिक महासागर नजिकै गिनिमा स्थायी सैन्य बेस क्याम्प स्थापना गर्दै
२२ गते मङ्सिर २०७८ । चीनले मध्य अफ्रिकाको सबैभन्दा सानो मुलुक गिनिमा स्थायी सैन्य बेस क्याम्प स्थापना गर्ने खुलासा भएको छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएले चीनले एटलान्टिक महासागर नजिकै गिनिमा स्थायी सैन्य बेस क्याम्प स्थापना गर्ने योजना बनाएको खुलासा गरेको हो।
अमेरिकी गुप्तचरहरुले विस्तृत सूचना नदिएपनि चीनले एटलान्टिक महासागरको पुर्वी कोस्टमा स्थायी सैन्य बेस बनाउनु भनेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र अमेरिकी रक्षा विभाग पेन्टागनको लागि खतराको घन्टी भएको बताएका छन्।
पछिल्लो समय ताइवानको कारण अमेरिका र चीनको सम्बन्ध बिग्रिदै गएको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रसाशनले वासिङटन पोष्टसँग भनेका छन्, ‘गिनिमा चीनका सम्भावित कदमहरु र गतिविधिहरुले राष्ट्रिय सुरक्षा खतराको जोखिम बढ्नेछ।’
Subscribe
Login
0 Comments


