२ आश्विन २०८३, शुक्रबार

बिगत ४ वर्ष देखि हराईरहेका दुई जना बालकको उद्धार

एसीपी संवाददाता

२० पुष २०७८, मंगलवार ०४:३९ मा प्रकाशित

बाँकेको नेपालगन्ज स्थित ईलाका प्रहरी कार्यालय जमुनाहले बिगत ४ वर्षबाट हराईरहेका दुई जना बालकलाई अभिभावकलाई जिम्मा लगाएको छ ।

न्यायपिठ बाल कल्याण समिती लखिमपुर खिरीले बिगत ४ वर्ष देखि भारतमा हराईरहेका दुई जना बालकहरुलाई उद्धार गरेर आफ्नै सेल्टरमा राखेर नेपाल स्थित आफन्त नेपाल संस्था बाँके मार्फत ईलाका प्रहरी कार्यालय जमुनाहमा बुझाएको थियो ।

सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ बस्ने भुवन बिकका छाेरा १५ वर्षिय मनोज बिक र सुर्खेतको बिरेन्द्र नगरपालिका १४ बस्ने तिल बहादुर थापाका १७ वर्षिय छोरा विजय थापालाई आवश्यक सोधपुछ् पश्चात् अभिभावकको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x