२० कार्तिक २०८३, बिहीबार

एमसीसी लागु भए देश आत्मनिर्भर हुनसक्छ- परराष्ट्रमन्त्री खड्का

एसीपी संवाददाता

२२ माघ २०७८, शनिबार ०२:५२ मा प्रकाशित

काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालमा एमसीसी सम्झौता अनुमोदन भए देश विद्युत बिक्री गरेर देश आत्मनिर्भर हुनसक्ने बताएका छन् ।

शुक्रबार आज उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमसीसी लागु भएमा विद्युत उत्पादन अत्यधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुनसक्ने उनले बताएका हुन् ।

यसका साथै उनले एमसीसी गरिबी न्यूनीकरणका लागि अमेरिकाले दिएको एउटा परियोजना मात्र रहेको जिकिर गरेका छन् ।

विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सबैको सहमतिमा नै यसलाई अघि बढाइने उनले बताएका छन् ।

उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x