२० कार्तिक २०८३, बिहीबार

कुन देशको पुच्छर बन्दा पाकिस्तानमा आर्थिक संकट, विश्वभर दूतावासका कर्मचारीले तलब पाएनन्, धमाधम जागिर छोड्दै

एसीपी संवाददाता

२३ माघ २०७८, आईतवार ०२:३१ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा दशकयताकै चरम आर्थिक संकट सिर्जना भएको छ । यहाँसम्मकी चीनले आफ्ना कुटनीतिक नियोगका कर्मचारीलाई तलबभत्ता खुवाउन नसक्ने अवस्था आएको छ ।

संयुक्त राज्य अमेरिकादेखि सर्बिया र नेपालसम्मका दूतावासका कर्मचारीले तलब नपाएर धमाधम जागिर छोडिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वको शक्ति राष्ट्र अमेरिकाको वाशिंटनमै पाकिस्तानले आफ्ना दूतावासका कर्मचारीलाई तलब खुवाउन सकेको छैन ।

समाचार रिपोर्टहरु हेर्दा वाशिंटनको पाकिस्तानी दूतावास नै आर्थिक संकटमा परेको छ । त्यसैगरी नेपालजस्ता साना मुलुकमा समेत अमेरिकी दूतावासलाई खर्च चलाउन धौ धौ परेको छ । महाराजगंजस्थित पाकिस्तानी दूतावासको पनि समस्या त्यस्तै छ ।

नेपालमा शून्य प्रभाव भएको दूतावासका कर्मचारीले तलब नपाएपछि जागिर छाडेका छन् । पाकिस्तानबाट आएका कुटनीतिज्ञ पनि अलपत्र परेका छन् । उनीहरु देश फर्किने पर्खाईमा छन् । आर्थिक संकटको समस्या चीनका कारण आएको पाकिस्तानी कुटनीतिक तथा नागरिकको बुझाई छ ।

चीनको चर्को ऋणमा फस्दा एकातिर अर्थतन्त्र गिरेको र अर्कोतिर पश्चिममा समुदायले विश्वास गर्न छाड्दा संकट आएको पाकिस्तानका विश्लेषकहरुले बताउने गरेका छन् । चीनको पछि लागेर इमरान खान सरकारले अमेरिकासहित पश्चिममा समुदायलाई उपेक्षा गरेर चीन नियन्त्रित कुटनीति सञ्चालन गर्न खोजेको पाकिस्तानी नागरिकको आक्रोश छ ।

देशभित्र आर्थिक संकटका कारण आक्रोश बढिरहेका बेला अन्तर्राष्ट्रिय स्तरमा समेत पाकिस्तानको साख गिरेको छ । कुटनीतिक रुपमा क्षयीकरण हुँदै पाकिस्तानी विश्लेषकहरुले बताएका छन् ।

पाकिस्तानी समाचार वेबसाइट दि न्युजका अनुसार अमेरिकास्थित पाकिस्तानी दूतावासमा काम गरिरहेका केही कर्मचारीलाई तलब दिन पाकिस्तानी सरकारले ऋण खोजिरहेको छ ।

गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफैले देश चलाउन पैसा नभएको टिप्पणी गरेका थिए । उनले कर नउठ्ने एवं ऋण बढेका कारण देश चलाउन पैसा नभएको बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x