१३ मंसिर २०८३, शनिबार

एमसीसीको विरोध गर्नेहरू बीआरआईबारे किन मौन ?’

एसीपी संवाददाता

८ फाल्गुन २०७८, आईतवार ०४:१२ मा प्रकाशित

राष्ट्रघाति सम्झौताको रुपमा चित्रण गरिएको अमेरिकी सहयोग परियोजना एमसीसी को पक्षमा माहौल बन्न थालेको देखिदै छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुरु देखि नै एकल रुपमा एमसीसीको पक्षमा उभिएका नेता हुन । उनले पटक पटकको भाषणमा एमसीसी राष्ट्रघाति नरहेको कुराको खुल्ला रुपमा वकालत गर्दै आएका छन  ।

अहिले उक्त बहसले जोड़ लिएको बुझ्न गार्हो छैन । चीनीया सरकारको बिआरआई र अमेरिकी एमसीसी आयोजना बीच तुलनात्मक बिश्लेषणले नेपालको राजनीतिक वृत तातिएको छ । दुई कित्तामा बिभाजन भैरहेको विश्व शक्तिराष्ट्रहरुको शक्तिसंघर्ष नेपालमा पनि प्रष्ट देखिन थालेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकासमुखी कार्यक्रम भएको बताउनुभएको छ ।
अमेरिकाले यो कुनै सैन्य रणनीति अन्तर्गत नभएको जवाफ दिइसकेकाले यसमा शङ्का गर्नुनपर्ने ठाउँ नरहेको उनको धारणा छ। एमसीसी अन्तर्गत ५० करोड डलर अनुदान आउँदा विरोध गर्नेहरूले चीनले बीआरआई अन्तर्गत दिन लागेको ऋणबारे भने एक शब्द नबोल्नु अनौठो भएको ठाकुर बताउँछन्। एक अनलाईन संचार माध्यम संगको साक्षात्कारमा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन ।

एमसीसी को यत्रो बिरोध गर्नेहरुले, चीनको बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) बाट कसरी ऋण आउन लागेको छ? ब्याज कति प्रतिशत लाग्छ? त्यो कसैलाई थाहा छैन। तर, बीआरआईबारे कोही बोल्दैनन् भनि उनको प्रतिप्रश्न थियो । यसको अर्थ चीनको लबिंगमा एमसीसीको बिरोध भैरहेको हुन सक्ने आशंका गरिएको छ

एमसीसीको यत्रो विरोध र समर्थन भइरहँदा यहाँहरू मौन किन भन्ने प्रश्नमा उहाँले, ऋण वा कर्जा नै नआइरहेको अवस्थामा एमसीसीको अनुदान आउनु राम्रो कुरा हो र हामी एमसीसीको विरोधमा छैनौं भनि प्रष्ट्याएका हुन ।
गरीबी न्यूनीकरणका लागि सडक सञ्जाल विस्तार र विद्युतीकरणको आवश्यकता रहेको विज्ञहरूले औंल्याउँदै आएका छन्। एमसीसी अनुदानको रकम प्रसारण लाइन निर्माण र सडकको अवस्था सुधार गर्नमा लगानी हुन्छ।
विद्युतीकरणमा सबल बन्दै नेपाल बिक्री गर्ने अवस्थामा पुगेको छ। भारत हाम्रो विद्युत् बिक्रीको केन्द्र समेत रहेको छ। भारतसँग विद्युत् आदनप्रदान समेत भइरहेको छ। विद्युत् धेरै उत्पादन गरेर बेच्न सक्यौं भने नेपालको समृद्धिमा नै बल पुग्ने उनको भनाई छ ।

उनका अनुसार एमसीसी विशुद्ध विकासमुखी कार्यक्रम हो। अमेरिकाले यो कुनै सैन्य रणनीति अन्तर्गत छैन र सेना पनि आउने होइन भनेर प्रष्ट गरिसकेको पनि छ। कुनै सैनिक संगठनसँग यसको सम्बन्ध छैन। यस बिषयमा अमेरिकाले आधिकारिक जवाफ नै दिईसकेको अवस्थामा शंका गरिरहनु आवश्यक नरहेको उनको विचार हो । यसबाट आउने रकम लगानी हुने क्षेत्रहरुके बिषयमा पनि विज्ञहरूले प्रतिवेदन दिइसकेका छन्। अनुदान रकम सडक र विद्युत्‌मा मात्रै खर्च हुने हो, अर्को ठाउँमा खर्च हुँदैन।

हाम्रो पार्टीको दृष्टिकोण एमसीसी कार्यान्वयनमा जाने रहेको बताउँदै नेता ठाकुरले सत्ता गठबन्धनमा रहेका वामपन्थीहरू एमसीसीको कार्यान्वयन पक्षको केही बुँदामा असन्तुष्ट देखिएको छ। तर, जहाँ जहाँ आशंका थियो, त्यसमा पनि एमसीसीले जवाफ दिइसकेको छ।
एमसीसीको अनुदानबाट हुने कामको अनुगमन मात्रै उनीहरूले गर्ने हो। प्रशासनिक तथा प्राविधिक पक्ष सबै नेपालले नै हेर्ने हो। यसमा आपत्ति जनाउनुपर्ने केही छैन। असन्तुष्ट पक्ष पनि छिट्टै समझदारीमा आउने उनको आशय थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x