१३ मंसिर २०८३, शनिबार

भारतीय पक्षले नैतिकता मर्न दिएन, राज्यको उदासीनताले ४० बर्ष जेलजिवन !

एसीपी संवाददाता

८ फाल्गुन २०७८, आईतवार ०९:०८ मा प्रकाशित

नेपाल होस की भारत, न्याय व्यवस्था चुस्त नभई सुस्त र जटिलतापुर्ण रहेको अवस्था हामीलाई अवगत नै छ। यहाँ मात्र नभई कैयों  अरब लगायतका मुलुकहरुमा पनि थुप्रै नेपालीहरु आरोपबाट उम्कन नसकि जेल जिवन बिताउन बाध्य छन ।

सामान्य रुपमा हामि नेपालमै पनि न्यायिक सेवा देखि यतिका आज्जित हुन्छौं कि, कतिपय सामान्य घटना दुर्घटनालाई गाउँ समाजमै भरभलादमीको रोहबरमा छलफल गरि निर्णय स्वीकार गर्ने गरेका छौं । चाहे त्यसले अलिक कमै न्याय दिएपनि छिटो होस भनि हामिले छिनोफानी गरि आफ्नो दिनचर्यामा फर्कनै का लागि बिमत्ति हुँदा हुँदै निर्णय स्वीकारेका हुन्छौं ।

आफ्नै परिवारले पनि बिर्सिसकेका र राज्यले जिम्मेदारी नलिएका व्यक्तिले न्याय कसरी पाउनु ?  त्यो पनि देश बाहिर

यसैगरी बिदेशी भूमि र तिनका जेलहरु सम्म कैयौं नेपाली नागरिकहरुको जीवन न्यायिक जटिलतामा फलेर नष्ट भैरहेको उदाहरणहरु थुप्रै छन । नेपाल सरकार र नेपाली दूतावासको प्रभावहिन पहलकदमीले यस्ता अवस्थाहरु सृजना भएको देखिन्छ । आफ्ना नागरिकका वारेमा कुनै चासो नराखी भाग्यको भरमा बाँच्न छोडिने नेपालीको भविष्य आखिर कहिले सम्म यस्तै रहने हो ठेगान छैन । तर पनि भारतीय पक्षले नैतिकता देखाएको छ ।

चिकित्सकले अदालतमा बुझाएको स्वास्थ्य परीक्षण रिपोर्टका अनुसार उनको मानसिक अवस्था नौ वर्षको बालकको जस्तो छ ।

भारतीय पक्षले नैतिकता मर्न दिएन । न्यायिक सेवा दुरुस्त हुन नसक्नु र त्यसैले गर्दा कोही निर्दोष बर्षौं सम्म जेलमा कोचिन बाध्य हुनु वास्तवमै बड़ो कष्टप्रद छ । तर भाग्यले आफ्नो दिशा फेर्दैन भनेझैं, कोही ४० बर्ष पछि पनि जेलबाट छुटेर परिवारसंग बस्न पाउनु त्यति नै सुखद पक्ष हो । यतिका बर्षमा परिजनले पनि उनको माया मारिसकेका थिए र राज्यले पनि कुनै चासो देखाउनु आफ्नो कर्तव्य बाट च्युत हुनु नै हो ।

dipak joshi check (2).jpg

दिपकले पाएको चेक

आफ्नै परिवारले पनि बिर्सिसकेका र राज्यले जिम्मेदारी नलिएका व्यक्तिले न्याय कसरी पाउनु ?  त्यो पनि देश बाहिर । तर भगवानको घरमा देर छ, अन्धेर छैन भनेझैं, भारतीय न्याय सेवाले आफ्नो दोष मेटाउने प्रयत्न गरेको बुझिन्छ । यो नियतिको खेल नै बुझ्नु पर्दछ कि कोही यतिका दिनसम्म कारावास बस्नु पर्यो । कुनै व्यक्तिगत पूर्वाग्रह नभएपनि न्यायिक प्रकृयामा केहीं त्रुटि भएकै हो जुन सार्है दुखदायी छ । र त्रुटि स्वीकार गरिनु भारत सरकारको नेपाल प्रतिको सकारात्मक मनोभावलाई दर्शाउँछ ।

दिल्ली दूतावासले समयमै गम्भीर चासो नदेखाउँदा कैयन् नेपालीले न्यूनतम कानुनी परामर्श सुविधाबाट समेत वञ्चित हुनुपरेको छ ।

नेपाल सधैं राजनीतिक उथलपुथल भैरहेको देश हो । यसले मित्र राष्ट्रहरु संग आफ्ना हितका पक्षमा स्पष्ट धारणा बनाउन सकेको छैन । तर कम्तिमा विदेशमा रहेका आफ्ना नागरीक र तिनका जीवन प्रति कुनै गम्भीरता र चासो नहुनु राज्यको चरम गैरजिम्मेवारी हो भन्ने बुझ्नु पर्दछ । ४० बर्षसम्म बिना कारण भारतीय जेलमा बस्नुपर्दाको पीड़ालाई कसैले आंकलन गर्न सक्तैन र त्यसको हर्जाना पनि चुक्ता हुनै सक्तैन । तर यी घटनाहरु बाट राज्यले पाठ सिक्नु पर्ने आवश्यकता छ । जुन काँधमा राज्यको जिम्मेवारी छ उसले आफ्नो जिम्मेवारी प्रति गम्भीरता देखाउन नसक्नु नै त्यहाँका जनताको दुर्भाग्य हो । जसको दुष्प्रभाव नेपाली  जनताले बारम्बार भोगेका छन ।

थप रकम प्राप्त गर्न दिल्ली उच्च अदालतले सहयोग गर्ने र यसका लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।

यो बिषय हो मानसिक रुपमा असक्षम भैसकेका नेपाली नागरिक दिपक जोशी तिमल्सिनाको, जसले बिनाकारण भारतमा ४० वर्ष जेल जीवन बिताउन बाध्य भएका हुन ।इलाम घर भएका दीपक भारत सरकारबाट क्षतिपुर्ती स्वरुप ५ लाख भारतीय रुपौंया पाएका छन् । उहाँ सन् १९८० मा दार्जिलिङमा पक्राउ परेका थिए ।

दिपकले क्षतिपुर्ती स्वरुप फाल्गुन १ गते (फेब्रुअरी १३) ५ लाख भारतीय रुपौंयाको चेक पाएका हुन । दिपकलाई कोलकातास्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेलले काकरभिट्टामा एक कार्यक्रम गरि उक्त चेक जिम्मा लगाएको  दिपकका पारिवारिक श्रोतले जनाएको छ ।
उनले यो रकम कम भए नेपाल सरकार,परराष्ट्र मन्त्रालय मार्फत दिल्ली स्तिथ उच्च अदालतमा मुद्दा दायर गर्न सक्ने सल्लाह परिवारलाई दिएको  बुझिएको छ । उनले थप रकम प्राप्त गर्न दिल्ली उच्च अदालतले सहयोग गर्ने र यसका लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।

१९८० मेई १२ मा पक्राउ परेका उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार हुँदै कोलकाताको जेलमा सरुवा

उच्च अदालत कोलकाताले उनलाई रिहा गर्न आदेश दिएका थिए  । अदालतले दार्जिलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी रिहा गर्न आदेश दिएको भारतका कानुन व्यवसायी हीरक सिन्हाले बताएका थिए ।
चिकित्सकले अदालतमा बुझाएको स्वास्थ्य परीक्षण रिपोर्टका अनुसार उनको मानसिक अवस्था नौ वर्षको बालकको जस्तो छ ।

तर यो उनको पूर्ण रिहाई चैं होइन । अदालतले दीपकलाई ६/६ महिनामा उपस्थित हुन भनेको छ । महावाणिज्य दूतका निजी सचिव सतीस थापाले भने, ‘उहाँलाई अहिले नेपाल जान दिइन्छ । तर, अदालतले बोलाएको समयमा उहाँ जहाँ भए पनि उपस्थित हुनुपर्छ ।’
भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारमा १० वर्ष सँगै बसेका भारतीय नागरिक राधेश्याम दास छुटेपछि मात्र तिमिल्सिनाबारे खुलेको हो ।  दीपक ०३७ सालमा हराएपछि तिम्सिना परिवारको खुसी फाटेको थियो ।

भारतकै दार्जिलिङबाट पक्राउ परी उनलाई विभिन्न कारागार हुँदै कोलकाता र्पुयाइएको थियो ।

उनी १९ वर्षको उमेरमा इलामकै एकतप्पा रूपाटारमा हुँदा ०३७ सालमा तोरी बेच्न भन्दै मंगलबारे बजार हिँडेका थिए । तर, त्यसपछि घर फर्केनन् । अदालतमा पेस गरिएका कागजातका अनुसार इलामबाट दार्जिलिङ पुगेका उनलाई एक व्यक्तिको हत्या आरोप लगाइएको छ । दार्जिलिङमा बस्दै जाँदा प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको बुझिएको छ ।
सन् १९८० मेई १२ मा पक्राउ परेका उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार हुँदै कोलकाताको जेलमा सरुवा गरिएको थियो ।

पक्राउ परेदेखि परिवारसँग सम्पर्कविहीन रहेका उनको परिवारले गोर्खाल्यान्ड आन्दोलनमै उनको मृत्यु भयो होला भन्ने अनुमान गरेको थियो । त्यसपछि उनीहरूले दीपक भेटिने माया नै मारे ।
तिमिल्सिना बिनासुनुवाइ चार दशकदेखि जेलमा रहेको खुलेलगत्तै कोलकातास्थित महावाणिज्य दूतावासले मुद्दाका सम्बन्धमा पत्र लेखेको र परिवारको सोधखोजदेखि अदालती प्रक्रियाका लागि पहल गरेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए  । त्यसपछि मात्र अदालतले सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।

४० वर्ष बितिसक्दा पनि तिमिल्सिनामाथि लगाइएको मुद्दाको किनारा लाग्न सकेको छैन । भारतकै दार्जिलिङबाट पक्राउ परी उनलाई विभिन्न कारागार हुँदै कोलकाता र्पुयाइएको थियो ।
अदालतले गत २०७७ सालको फागुन २७ को सुनुवाइका क्रममा उनको मानसिक र शारीरिक अवस्थाप्रति पनि चासो प्रकट गरेको थियो । महावाणिज्य दूतावासले तिमिल्सिनाको शारीरिक र मानसिक अवस्थाका सम्बन्धमा पेस गरेको विवरणलाई अदालतले आधार बनाएका थिए ।
दिल्ली दूतावासले समयमै गम्भीर चासो नदेखाउँदा कैयन् नेपालीले न्यूनतम कानुनी परामर्श सुविधाबाट समेत वञ्चित हुनुपरेको छ ।
दूतावासको बेवास्ताप्रति भारतमा रहेका प्रवासी नेपाली संगठनहरूमा पनि असन्तुष्टि देखिन्छ । ‘जेलमा रहेका नेपालीका सम्बन्धमा दूतावासले जुन किसिमको गम्भीरता देखाउनुपर्ने हो, त्यो देखाएको पाइँदैन,’ । दूतावासले भारतमा रहेका नेपालीको अभिभावकको भूमिका खेल्नुपर्नेमा त्यसो हुन सकेको छैन् ।

नेपाल सरकारसँग भारतीय जेलमा कति नेपाली छन् भन्नेसमेत यकिन तथ्यांक छैन । जबकि भारत सरकारले नै बर्सेनि मुलुकभरका जेलमा रहेका विदेशी नागरिकको समेत तथ्यांक समेटेर प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । प्रतिवेदनअनुसार भारतीय जेलमा ६ सय ८३ नेपाली छन् । तीमध्ये २ सय २४ जना दोषी ठहर भएका हुन् भने ४ सय ५९ जनाको मुद्दा विचाराधीन छ । यति ठूलो संख्यामा नेपाली भारतीय जेलमा हुँदासमेत दूतावासले भने तथ्यांक नभएको बहाना बुनिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x