१३ मंसिर २०८३, शनिबार

गिरिजाजस्तै देउवाको चट्टानी अडान, द्वैध चरित्र देखाउने प्रचण्ड र माधवलाई तानेरै ल्याए

एसीपी संवाददाता

१० फाल्गुन २०७८, मंगलवार ०३:०७ मा प्रकाशित

काठमाडौं । भनिन्छ, नेताले एक चुनाव हेर्छ, राजनेताले एक दशक अर्थात देशको भविष्य हेर्छ । नेपाली कांग्रेस यस्तो पार्टी हो जसले आफू हारेर देशलाई जोगाएको छ । यसका नेताहरु पनि यहीँ स्कुलिङमा अघि बढेका छन् ।

विगतमा वीपी कोइराला, गिरिजाप्रसाद कोइरालाले देश हार्न हुन्न भनेर आफू र पार्टी हार्न पनि तयार भए । वीपी ज्यानकै बाजी लगाएर देश हितका लागि निर्वासन स्वदेश फर्किए । त्यसैगरी गिरिजाले आफू हारेर, कांग्रेस हारेर युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याए । प्रचण्ड बहुमतसहित सत्ता सुम्पिए । आफू सत्ता बाहिर रहे । तर देशलाई शान्तिको बाटोमा ल्याउन त्याग गरे ।

अहिले सभापति एवं प्रधानमन्त्री देउवा पनि कांग्रेसलाई घाटा भए पनि आफ्नो अडानमा अडिग छन् । उनले द्वैध चरित्र देखाउने कम्युनिस्टहरुलाई तानेरै आफ्नो एजेण्डामा सामेल गराउन सफल भएका छन् । कम्युनिस्टहरुले निकृष्ट राजनीतिक गर्दै चुनाव ताकेका बेला प्रजातान्त्रिक र लोकतान्त्रिक संस्कारमा हुर्किएका देउवाले चुनाव होइन देशको चिन्ता गरेका छन् ।

विकासोन्मुखबाट विकाशशील राष्ट्रमा पुग्ने लक्ष्य हेरेका छन् । अन्तर्राष्ट्रिय समुदायमा नेपालको कुटनीतिक विश्वसनीयताको पाटो हेरेका छन् । कम्युनिस्टको जस्तो भोटका लागि डबल गेम खेलेका छैनन् । वीपी र गिरिजाजस्तै देउवा पनि चट्टानी अडान बोकेका छन् ।

देउवाको यो छविमाथि कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले टिप्पणी गरेका छन्, ‘राजाले बिघटन गरेको संसद तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पुनर्स्थापना गराइछाड्ने एजेण्डालाई लिएर हिड्दा पहिला बिरोध गर्ने कम्युनिष्टहरु पछि यहि एजेण्डाको पछि आएका थिए, कसैको बिरोधले उनी पछि सरेनन् नत मुद्दा न फेरे ।

देश र नागरिकको हितको पक्षमा तत्कालको नाफा घाटा हेर्ने र कसैले बिरोध गर्यो भन्दैमा आफूलाई सहि लागेको मुद्वालाई कांग्रेसले बोक्न छोड्दैन भन्ने उदाहरण यो पटक पनि कांग्रेस नेतृत्वले देखाएको छ । सत्तामा हुँदामा होस वा प्रतिपक्षमा रहँदा सत्यको पक्षमा रहने, अफवाहको पछि नभाग्ने दलको समापतिका रुपमा शेर बहादुर देउबासँगै पदाधिकारी, कार्यसमिति र देशभरका कांग्रेस कार्यकर्ताहरुको भूमिका सह्रानीय छ ।

कांग्रेसलाई आउने चुनावमा कांग्रेसको भविष्य मात्र हैन आउने पुस्ताको भविष्यको चिन्ता छ । चिन्ता एमसीसीको मात्र हैन देशको भविष्यको, विश्वासको, भरोसाको, इमान जमानको पनि हो । कांग्रेसलाई दिनमा ५ अवतार धारण गर्ने छुट छैन, न यो कांग्रेसको जीनमा छ । त्यसैले आउनुस विवेकलाई बन्धक नबनाई निर्णय गरौं । देशलाई अस्थिरताको दलदल र गरिबीको दुष्चक्रमा भास्न खोज्नेहरुबाट सतर्क रहौं ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x