१४ मंसिर २०८३, आईतवार

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१५ फाल्गुन २०७८, आईतवार ०६:२९ मा प्रकाशित

विकास खडका –  बाँकेमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा ५ जना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । अहिले पनि नेपालगन्जमा हुने परिक्षणमा कोरोना संक्रमण पुष्ठि हुँदै गएको छ । बाकेमा थप सावधानी अपनाउन जरुरी रहेको छ ।

भेरी अस्पतालको पीसीआर ल्याबमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै जमुनाहा नाकामा २५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ५ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२८ पुगेको छ ।

यस्तै थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५८ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x