१८ आश्विन २०८३, आईतवार

रुस र युक्रेन तनाव बीच युक्रेनमा फसेका नेपालीहरु सुरक्षित शरण खोज्दै

एसीपी संवाददाता

१८ फाल्गुन २०७८, बुधबार ११:१५ मा प्रकाशित

रुस र युक्रेन तनाव बीच युक्रेनमा फसेका नेपालीहरु सुरक्षित शरण खोज्दै अन्य युरोपेली देशमा पुग्ने क्रम जारी रहेको छ ।

नेपाली राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईँ अनुसार नेपालीहरू स्लोभाकिया, पोल्यान्ड, रोमेनीआ, हङ्गेरी लगायतका देश तिर जाने क्रम बढ्दो रहेको छ ।

उनले समाचार माध्यम बीबीसीलाई रिर्पोट गर्दै भनिन्, ‘तनाव संगै दैनिक यो सङ्ख्या बढ्दै छ । तीन दिनमा पोल्यान्डमा मात्र १३१ जना सहित २३० जना भन्दा बढी नेपालीले युक्रेनको सीमा पार गरिसकेका छन् ।’

सिमा पार गरेर तेस्रो मुलुक पुगेका नेपाली विद्यार्थी तथा कामदारहरूलाई राजदूतावासले नै तोकेको प्रतिनिधि वा त्यहाँका गैरआवासीय नेपाली सङ्घले सहजीकरण गरिरहेका बिबिसीले रिर्पोट गरेको छ ।

उनीहरूलाई युक्रेनबाट सम्बन्धित देशभित्र छिर्न, खान, बस्न र त्यस पछि देश फर्किने वा युरोपमा रहेका आफन्त भएको ठाउँसम्म पुग्न समन्वय गरिरहेको चौलागाईँले बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x