दक्षिण अफ्रिकामा चिनियाँ हुवावेले रोजगार इक्विटी नीति पालना नगर्दा समस्या
बेइजिङ । दक्षिण अफ्रिकाको रोजगार र श्रम विभागले गत महिना हुवावे प्रविधिले दक्षिण अफ्रिकाको रोजगार इक्विटी पालना नगरेको भन्दै बताएका छन्।
हुवावेको २०२० को अडिटमा हुवावेका दक्षिण अफ्रिकी अधिकारीहरूहरुले हुवावेले मुलुकको पालना नगरेको बताएका छन्। रिपोर्टका अनुसार कम्पनीले दक्षिण अफ्रिकाको रोजगार इक्विटी नीति उल्लंघन गर्दै झण्डै ९० प्रतिशत विदेशी नागरिकलाई रोजगारी दिएको पाइएको हो।
हुवावेलाई देशको कानूनको पालना गर्न सल्लाह दिँदै दक्षिण अफ्रिकाले नियम उल्लंघनका लागि १.५ मिलियन रेन्ड वा हुवावेको वार्षिक कारोबारको दुई प्रतिशत जरिवाना लगाउन अदालतलाई आग्रह गरेको थियो।
यो पहिलो पटक हो जब दक्षिण अफ्रिकी सरकारले चिनियाँ टेक्नोलोजीविरुद्ध कानुनी चुनौती दिइएको छ र जुन कम्पनीको उपकरण चिनियाँ सरकारले जासुसीको लागि प्रयोग गर्न सक्छ भन्ने आरोपमा अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको छ।
दक्षिण अफ्रिकाको कानुन र अध्यागमन नियमहरूका अनुसार ६० प्रतिशत स्थानीय दक्षिण अफ्रिकी कामदार र ४० प्रतिशत विदेशी नागरिकहरू मात्र काम गर्नुपर्ने प्रावधान राखेको छ। यसबाहेक विभागको अनुसन्धानले उच्च व्यवस्थापन स्तरमा, हुवावेका पाँच जना कर्मचारीहरू थिए र पाँचै जना विदेशी नागरिक थिए।
हुवावेलाई दक्षिण अफ्रिकामा आफ्नो कानुन पालना गर्न निर्देशन जारी गरेको छ। यसअघि संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियालगायतका मुलुकहरुले हुवावेले जासुसी गरेको भन्दै प्रतिबन्ध लगाएका छन्।


