९ आश्विन २०८३, शुक्रबार

डिलाशैनि केन्द्र बिवादको इस्यु बनाएर जनता झुक्याउन खोज्दै फेरि एमाले- नेता महेश खडायत

एसीपी संवाददाता

२७ फाल्गुन २०७८, शुक्रबार ०६:२३ मा प्रकाशित

बैतडी – डिलाशैनि गाउपालिका केन्द्र बिवादको सन्दर्भमा डिलाशैनि गाउपालिका पंसेरामा हुनुपर्छ भन्नेहरुको कार्यपालिका मा पुर्ण बहुमत हुदा हुँदै ५ बर्ष सम्म गाउपालिका पंसेरामा बनाउन नसकेको र अहिले आएर केन्द्रमा कांग्रेस को सरकार हुदा कांग्रेस ले गाउपालिका धामिगाउ लग्ने कोसिस गर्यो कांग्रेसले ले जिते पछि गाउपालिका धामिगाउमा ल‌ैजान्छन, कांग्रेसलाई भोट दिएपछि गाउपालिका धामिगाउ जान बाट रोक्न सकिन्न भन्ने जस्ता भ्रमात्मक खबर फैलाएर डिलाशैनि एमाले सरकार ले आफुले ५ बर्ष सम्म गरेका गलत भ्रष्टाचार अपारदर्शी र काला काण्डहरुको ढाकछोप गर्न षड्यन्त्र र चुनावमा जनता को ध्यान भड्काउने डिलाशैनि एमाले सरकारको एक रणनीति मात्रै हो नेता खडायतले भन्नुभयो।
त्यसैले गाउपालिका केन्द्रको बिवादको इस्यु लिएर जनता मा फेरि एकचोटि डिलाशैनि एमाले सरकारले भ्रम फैलाउन खोज्दैछ यसबाट सबै आम जनता सचेत रहन समेत उहाँले आग्रह गर्नुभएको छ।
यदि अहिले केन्द्र मा कांग्रेसको सरकार भएको कारणले मात्रै कांग्रेसले गाउपालिकाको केन्द्र धामिगाउ लग्न सक्छ भने दुई तिहाईको एमाले सरकार सत्ता मा हुदा गाउपालिकाको केन्द्र पंसेरामा बनाई सक्नु पर्ने थिएन र ? कुरा बुज्नुहोस जनता जनार्दन ,पाच बर्ष सम्म गाउपालिकाको बजेट लुट्नू सम्म लुटेर जनतालाई दिनु दुख दिएर अहिले आएर केन्द्र बिवादको इस्यु लिएर जनता माझ झुटको खेति गर्दै भोट माग्न कुनै पनि दल आउँछ भने त्यसलाई भगाई भगाई जुताले बजाउनु पर्छ उहाँले भन्नुभयो।

बाकि हामी जुनसुकै पाटिको नेता कार्यक्रर्ता भएपनि या जोसुकै पार्टीले गाउपालिका जितेपनि गाउपालिका केन्द्र सबैको पाएक पर्ने ठाउमा नै हुनुपर्छ भन्ने हामी सबैको साझा माग रहिरहने छ । तीन बर्ष सम्म केन्द्रमा एमाले सरकार सत्ता मा हुदाहुदै र प्रदेशमा एमाले र माओवादीको सयुक्त गठबन्धन सरकार हुदा र गाउपालिका पंसेरा मा हुनुपर्छ भन्नेहरुको डिलाश‌‌नि गाउपालिकाको कार्यपालिका मा बहुमत हुदा हुदा हदै पनि गाउपालिका पंसेरा मा बनाउन नसक्ने डिलाशैनि को एमाले सरकारले अझ‌ै डिलाशैनिका सोजा साझा जनतालाई उल्लु बनाउन खोज्दैछन त्यसैले डिलाशैनिमा तानाशाही प्रवृत्ति अन्त्य गर्ने कि त्यसलाई बढुवा दिने जनताको हातमा छ लोकतन्त्र मा जनता नै सर्बश्रेष्ठ हो परिवर्तन तपाईको हातमा छ नेता सुध्रिउन या नसुध्रिउन तर भोट हाल्ने बेला जनता सुध्रिन जरुरि छ नत्र एक दिनको गलत निर्णयले यसरिनै पाच बर्ष दुख सहनु पर्ला समयमै सबै आम जनता सचेत रहन समेत उहाँले आग्रह गर्नुभएको छ।

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x