१२ आश्विन २०८३, सोमबार

चीन असफल किन भयो कोरोना संक्रमण रोकथाम गर्नमा ?

एसीपी संवाददाता

२७ फाल्गुन २०७८, शुक्रबार १०:२४ मा प्रकाशित

एजेन्सी – चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् ।

यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।

चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो ।

चीनको वुहान बाट शुरु भएको कोरोनाले अप्रिल 06, 2020 मा लिइएको यो फाइल फोटोमा शवहरू न्यूयोर्कको ब्रुकलिनको बरोको विककफ अस्पतालमा अस्थायी शवको रूपमा सेवा गर्ने रेफ्रिजरेसन ट्रकमा सारिएको थियोे – विश्वव्यापी कोरोनाभाइरस महामारीले यस वर्ष विश्वको जीडीपी ४.९ प्रतिशतले डुब्दै र दुई वर्षमा १२ ट्रिलियन डलर नष्ट गर्दै आर्थिक “अन्य जस्तो संकट” निम्त्याएको छ, आईएमएफले जुन २४, २०२० भन्यो। विश्वव्यापी व्यापार बन्दले करोडौं रोजगारी नष्ट गरेको हो , र युरोपका प्रमुख अर्थतन्त्रहरूले दोहोरो अंकको पतनको सामना गरिरहेका छन्। महामारीपछिको पुन:प्राप्तिको सम्भावनाहरू – आफैले भविष्यवाणी गरे जस्तै – भाइरसको अप्रत्याशित मार्गलाई ध्यानमा राख्दै “व्यापक अनिश्चितता” मा फसेका छन्, आईएमएफले आफ्नो अपडेट गरिएको विश्व आर्थिक मा भन्यो। आउटलुक। (फोटो ब्रायन आर. स्मिथ / एएफपी)

चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x