१४ मंसिर २०८३, आईतवार

भारत युक्रेनबाट गर्यो चार नेपालीको उद्धार, प्रधानमन्त्री देउवाले मोदीलाई दिए धन्यवाद

एसीपी संवाददाता

२८ फाल्गुन २०७८, शनिबार ०९:१५ मा प्रकाशित

काठमाडौं । भारतले युद्धरत युक्रेनबाट चार नेपालीको उद्धार गरेर सुरक्षित रुपमा नयाँ दिल्ली ल्याएको छ ।

नयाँ दिल्लीबाट नेपालीहरु स्वदेश फर्किएका छन् । भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएका हुन् । नेपाली नागरिक सुरक्षित रुपमा उद्धार गरी ल्याइदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

अपरेशन गंगा अन्तर्गत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा देउवाले भारत सरकार र भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् । यसअघि पनि भारतले केही नेपालीको उद्धार गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयले पनि उद्धारका लागि भारतलाई धन्यवाद दिएको छ । सरकारको आग्रहमा भारतले आफ्ना नागरिक उद्धार गर्न सञ्चालन गरेको अपरेशन गंगा मार्फत नेपालीसहित ददक्षिण एसियाका नागरिकको पनि उद्धार गरिरहेको छ ।

Screenshot_20220312-140703_Twitter.jpg

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x