१४ मंसिर २०८३, आईतवार

परराष्ट्रमन्त्री र यूएईका अर्थमन्त्रीबीच भेटवार्ता

एसीपी संवाददाता

२९ फाल्गुन २०७८, आईतवार ०४:५४ मा प्रकाशित

काठमाडौं। अन्तालिया कूटनीति मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स(यूएई) का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

त्यस अवसरमा दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्त्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नबारे विचारविमर्श गरेका थिए।।

मन्त्री खड्काले नेपाली उत्पादनको निर्यात बढाउन सहज बजार पहुँचका निम्ति सहजीकरण गर्न तथा नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न अर्थमन्त्रीसँग आग्रह गरे।

आर्थिक सहयोग विस्तार, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि र पर्यटन प्रवर्द्धनलागयत द्विपक्षीय साझेदारीका विभिन्न आयाममा उनीहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै मन्त्री खड्काले यूएईमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा यूएई सरकारको सराहना गरे। यूएई नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x