१२ आश्विन २०८३, सोमबार
राष्ट्रिय युवा सँघ नेपाल नेपालगञ्ज ६ को आयोजनामा ‘बृहत रक्तदान’
बाँके । राष्ट्रिय युवा सँघ नेपाल नेपालगञ्ज उपमहानगरपालिका वडा न. ६ को आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान ८ बजे जनता सेवा हास्पिटल प्रा. लि. र रेडक्रसको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कोही बिरामीलाई रक्तको अभावमा अकालमै ज्यान गुमाउनु नपरोस भन्नेहेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल वडा न. ६ का अध्यक्ष जितेन्द्र भारथीले बताए । सो कार्यक्रममा ३५ जना बढीले रक्तदान गरेका बताईएको छ । अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. बिपिन आचार्यका अनुसार उनीहरु संचालन गरेका अस्पतालमा रक्तदान गर्न पाउँदा अत्यन्त रहेको बताए । उनले भने, ‘मान्छेको जीवन रक्षाका लागि हामी सम्पुणर् स्वास्थ्यकर्मि एकजुट हुनु हाम्रो कर्तव्य हो र आज यसै सन्दर्भ बीच सेवा दिन पाउँदा खुशी महसुस भएको छ ।’
Subscribe
Login
0 Comments


