१४ मंसिर २०८३, आईतवार

विभेद अन्त्यका लागि तिनै तहको सरकार गम्भीर बन्नुपर्ने : पूर्व साँसद श्रीपाईली

एसीपी संवाददाता

८ चैत्र २०७८, मंगलवार १३:२० मा प्रकाशित

५७ औ अन्तराष्टिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसमा र्याली एंव प्रतिबद्धता कार्यक्रम कंचनपुरको भिमदत्तनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य एंव दलित अान्दोलनका राष्ट्रिय अगुवा हरि श्रीपाईलीले दलित समुदाय माथि अझै पनि जातीय विभेद तथा मानवअधिकार हननका तमाम घटनाहरु घट्ने गरेको बताउदै त्यस्ता घटनाहरुको अन्त्यका लागि तिनै तहको सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनु भयो । पूर्व साँसद श्रीपाईलीले जातिय बिभेद अन्त्य समतामूलक न्यायिक समाज निमार्ण र दलित एंव सिमान्तकृत समुदायको अधिकार र समग्र विकासका लागि प्रदेश सरकारले दिर्घकालिन ठोस नीति तथा कार्यक्रम अभियानकै रुपमा संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कंचनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय,भिमदत्त नगरपालिका उपप्रमुख शुसिला चन्द,कंचनपुर प्रहरी प्रमुख श्याम सिँह चौधरी, नेपाल दलित संघका अध्यक्ष गणेश नेपाली,दलित नेता हिरा सार्की लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा बक्ताहरुले दलित समुदायको पक्षमा बनेका ऐेन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रम कंचनपुर स्थित दलित एंव सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको संयुक्त अायोजनामा सम्पन्न भएको थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x