सांसद अभिषेकप्रताप शाहको क्षेत्रमा कांग्रेसमा पार्टी प्रवेशको लहर
कपिलवस्तु । नेपाली काँग्रेसका युवा नेता एवं कपिलवस्तु क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य सांसद अभिषेकप्रताप शाहको क्षेत्रमा पार्टी प्रवेशको लहर चलेको छ ।
काग्रेसको शिवराज नगरपालिका १ शिवपुरमा आमभेलामा सोमबारमात्रै विभिन्न पार्टी परित्याग गरि दुई सय जना काग्रेसमा प्रवेश गरेका छन् । शिवपुरका युवा नेता बिनोद कुँवर र हर्जु थारुको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई प्रतिनिधि सभा सदस्य शाह,जिल्ला उपसभापति हुमाकान्त खनाल,जिल्ला सचिव प्रेम बहादुर रायमाझी लगाएतले टिका लगाएर स्वागत गरेका छन् ।
त्यस्तै जिल्ला उपसभापति हुमाकान्त खनालले काग्रेस प्रवेश गर्नेहरुको सख्या बढ्दो रहेकोले आगामि निर्वाचनमा जित्ने गरि सबै नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताए । काग्रेसको हाल जारी रहेको घरघर जाउँ काग्रेस जिताउ अभियानले जिल्ला भर उत्साह थपिएको उनको भनाइ छ ।
जिल्ला सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्य हरि पोख्रेल,महाधिवेशन प्रतिनिधि विनोद नेपाल,जम्सेर अलिमिया,अजय थापा,गोमा पाण्डे लगाएतले एकता गरेर निर्वाचनमा होमिन आग्रह गरेका छन् । कार्यक्रम वडा सभापति फानेश्वर न्यौपाने सभापतित्व,पूर्व क्षेत्रीय सभापति भवनराज पौडेलको स्वागतमा सम्पन्न भएको हो ।


