के अब युद्धको अन्त होला ? रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता सुरु
रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०:३० बजे (०७३० GMT) पछि इस्तानबुलमा आमनेसामने वार्ता सुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।
दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए। यो समाचार पनि पढ्नु होस युक्रेन र रुस बिच जारी युद्धले चीन थप संकटमा
युक्रेनी अधिकारीहरूले मारिउपोलको घेराबन्दी लगायत भारी रुसी बमबारीमा परेका शहरहरूमा ठूलो मानवीय संकट भएको बताएका छन् ।
पोडोल्याकले कैदीहरूप्रति दुव्र्यवहार र सशस्त्र द्वन्द्वका कानुनहरूको अन्य सम्भावित उल्लङ्घनहरू भएको र दुवै पक्षबाट भएका आक्रमणले एक वा अर्को राष्ट्रलाई हानी पुर्याउनेतर्फ सचेत हुर्नेमा जोड दिनुभयो ।
युक्रेनी सेना द्धन्दका कानुनहरू पालना सुनिश्चित गर्न प्रतिबद्ध रहेको भन्दै युद्धका नियमहरू उल्लङ्घन हुन नदिने उहाँको भनाइ थियो । यो समाचार पनि पढ्नुहोस । चीनले श्रीलंकालाई लुटन जति लुट्यो , भारतिय बिदेश मन्त्रीले निरन्तर सहयोग गर्ने दिए अश्वासन
इस्तानबुल वार्ताको आयोजना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव रहेको भन्दै उहाँले द्वन्दको निरन्तरता कसैको हितमा नभएको बताउनुभयो ।
सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो ।
टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो ।
बैठकको स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न “यस त्रासदीको अन्त्य” गर्न आग्रह गरेका छन्। यो समाचार पनि पढ्नुहोस चीनले दियो धोका युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न चीनद्वारा अस्वीकार


