१४ मंसिर २०८३, आईतवार

नेपालीमा ट्विट गर्दै भारतीय विदेशमन्त्रीले भने- सम्बन्धलाई अझ बलियो बन्छ

एसीपी संवाददाता

१८ चैत्र २०७८, शुक्रबार १६:१७ मा प्रकाशित

काठमाडौं। भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री देउवासँग भेट गरेपछि भारतीय विदेशमन्त्री जयशंकरले अंग्रेजी, हिन्दी र नेपाली भाषामा ट्वीट गर्दै दुई देशको सम्बन्ध झनै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

उनले प्रधानमन्त्री देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउने कुरामा विश्‍वस्त भएको बताए। विदेशमन्त्री जयशंकरले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेकोसमेत बताएका छन्।

उनले ट्विटमा लेखेका भनेका छन्,’भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ। यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x