१८ आश्विन २०८३, आईतवार

मलेसियामाथि नेपालको शानदार जित, पीएनजीसँग फाइनल खेल्ने

एसीपी संवाददाता

१९ चैत्र २०७८, शनिबार १४:५८ मा प्रकाशित

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार शानदार चौथो जित हात पारेको छ । टस हारेर ब्याटिंङ् गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकीय पारीमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन जोडेको थियो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसिया १९.५ ओभरमा अल आउट हुँदै १३८ रनमा अल आउट भयो । मलेसिया नेपालसँग १ बल बाँकी छँदै ८५ रनले पराजित भएको हो । नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए ।

यस्तै कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए । नेपालका लागि ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ५७ बलको सामना गर्दै ११० रन जोडे यस्तै रोहित पौडेलले ३४ बलको सामना गर्दै ५१ रन जोडे ।

त्यस्तै कुशल भुर्तेल १२ रन, आशिफ शेख १८ रन र मोहम्मद आदिल अलामले १४ रन जोडेका थिए । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ । नेपालसँग मलेसिया पराजित भएसँगै कुल रनरेटको आधारमा पपुवा न्युगिनी फाइनल प्रवेश गरेको छ । फाइनल खेल सोमबार त्रिवि क्रिकेटमा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x