१४ मंसिर २०८३, आईतवार

अफगानिस्तानलाई भारतले दियो २ हजार मेट्रिक टन गहुँ

एसीपी संवाददाता

२० चैत्र २०७८, आईतवार ०१:२१ मा प्रकाशित

काठमाडौं । आर्थिक एवम् मानवीय संकटमा फसेको अफगानिस्तानलाई भारतले  सहयोग स्वरुप २ हजार मेट्रिक टन गहुँ दिएको छ ।

भारतले पाकिस्तानसँग सीमा जोडिएको वाघा अटारी नाकाबाट अफगानिस्तानतर्फ २ हजार मेट्रिक टन गहुँ पठाएको हो ।

अटारी नाका भन्सार अधिकारी राहुल ननगारेलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतीय विदेश मन्त्रालयको पहलमा उक्त परिमाणको गहुँ अफगानिस्तान पठाइएको हो ।

‘अटारी वाघा नाकाबाट २ हजार मेट्रिक टन गहुँ पठाइएको यो पाचौँ पटक हो ।’ ननगारेले भने ।

भारतीय विदेशमन्त्रालयले अफगानिस्तानलाई मानवीय सहयोग गर्न भन्दै ५० हजार मेट्रिक टन गहुँ पठाउने जनाएको छ । सोहीअनुसार भारतले त्यसतर्फ पटक–पटक गरी गहुँ आपूर्ति गर्दै आएको छ ।

पहिलो पटक भारतले पाकिस्तानको बाटो भएर गत फेब्रुअरी २६ मा अफगानिस्तानतर्फ २५०० मेट्रिक टन गहुँ पठाएको थियो । भारतले अफगानिस्तान मात्रै नभएर आर्थिक संकटमा डुबेको श्रीलंकालाई समेत ठूलो सहयोग गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x