१० आश्विन २०८३, शनिबार

नेपाल भारत मैत्री पशुपति धर्मशालामा अनहक बिवाद गर्दै

एसीपी संवाददाता

२१ चैत्र २०७८, सोमबार ०८:३९ मा प्रकाशित

यस समूह अन्तर्गत रहेको होटल आनन्द प्रा. लि. ले कानुन बमोजिम पशुपति क्षेत्र विकास कोषसँग २०७६ साल वैशाख ३० गते होटलस्तरमा धर्मशाला सञ्चालन गर्ने सम्झौता गरेर सोही अनुरूप सञ्चालन गर्दै सहमति र स्वीकृति भए बमोजिम रु. २५ करोड भन्दा माथि लगानी गरी होटल सञ्चालन भएको कुरा विवादरहित छ। यसरी कोरोना महामारीको कारण होटल ब्यवाशय धराशायी भएको समयमा समेत २०७९ वैशाख मसान्तसम्मको सम्झौता बमोजिमको बहाल रकम बुझाई सकेको तथ्य समेत निर्विवाद रहेको छ। नेपाल-भारत मैत्री पशुपति धर्मशालाका  सम्बन्धमा विगत केही महिनादेखि विभिन्न प्रकारका सार्वजनिक टिप्पणी, सञ्चार माध्यमहरूमा आपत्तिजनक समाचार तथा राज्यको जिम्मेवार तहबाट नै गैर कानुनी तथा स्थापित विधि, विधान, ऐन, नियम र प्रचलन विपरीत हुने खालका असामान्य हर्कत समेत हुँदै आएको यहाँहरूलाई अवगत नै छ।

यो पृष्ठभूमिमा यही मिति २०७८ चैत्र १७ गते नेपाल-भारत मैत्री पशुपति धर्मशालाको प्राङ्गणमा जिम्मेवार सरकारी निकायबाट भएको आपत्तिजनक गतिविधिले नेपालको कानुनी शासनको नै धज्जी उडाउने, धर्मशालामा आश्रय लिइरहेका धर्मावलम्बीलाई त्रसित पार्ने, सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको पुर्वसन्ध्यामा भारत सरकारको सहयोगमा निर्मित धर्मशालालाई केन्द्रमा राखेर वितण्डा मच्चाउने काम गर्दै नेपाल-भारत सम्बन्धमा नै खलल पुर्‍याउन उद्धत हुने, आम नेपाली व्यवसायीलाई राज्य आतङ्कमार्फत हतोत्साहित गर्ने र नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पुग्ने गरी विदेशी पाउनालाई असुरक्षित महसुस गराउने काम भएको छ।

तर, राज्य शक्तिको दुरुपयोग गर्दै नेपाल-भारत मैत्री पशुपति धर्मशालाका सम्बन्धमा आम नागरिकलाई भ्रममा राख्ने कामलाई भने पशुपति विकास कोष र जिम्मेवार मन्त्रीबाट जारी नै छ। त्यसैले पछिल्ला दिनहरूमा विकसित घटनाक्रमको विवरण सार्वजनिक गर्न र यसअघि राज्य पक्षबाट प्रेषित भ्रामक सूचना र समाचारबाट आम नागरिक र  सरोकारवालामा उत्पन्न भएको आशङ्काको अन्त्य गर्न सत्य, तथ्य र प्रमाणहरू समेत संलग्न गरी नेपाल-भारत मैत्री पशुपति धर्मशाला होटल आनन्दले भाडामा लिएको सम्बन्धमा विस्तृत विवरण सहित यो प्रेस सामग्री सम्प्रेषित गरिएको छ।

होटल आनन्द प्रा. लि.  Press release Hotel Anand

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x