पाकिस्तानको ईस्लामिक आतंकवाद, फन्डिङ्ग नरोकेपछि एफएटीएफको ग्रे लिस्टमा कायमै !
एजेन्सी – पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै वेला भनेका थिए, “वि मस्ट स्टैंड एगएन्स्ट इस्लामिक टेरोरिज्म ” । यस शब्दको प्रयोग गर्ने साहस न त्यो भन्दा पहिले न अहिले कसैले गर्न सकेको छ ।
ट्रम्पको यस भाषण पछि विश्वभरका ईश्लामिक देशहरुले विरोध जनाए पनि यसलाई गलत साबित गर्ने प्रयास भएन, किनकी यही नै सत्य हो । विश्वभर अशांतीका पैगाम दिनेहरु प्रायजसो कट्टर मुस्लिम समुदायकै हुने गरेका छन । धार्मिक उन्माद पैदा गर्ने मनसायले जिहादी प्रवृत्तिको उत्पादन मस्जिदहरु बाटै हुने गरेको देखिन्छ । यो समाचार पनि पढ्नुहोस प्रधानमन्त्री इमरानले पाकिस्तानलाई गृहयुद्धतर्फ धकेल्दा पाकिस्तानमा तनाव
पाकिस्तान पनि त्यस्तै देशहरु मध्ये एक प्रमुख आतंकी संरक्षक रुपमा पहिचान बनाएको मुलुक हो । स्थापना काल देखि नै उसले टेरर फन्डिङ्गको कामलाई निरन्तरता दिईरहेको निर्विवाद छ । बर्षौं सम्म अमेरिकाले त्यहाँ आफ्नो सैन्य अभियान चलाए । ओसामा विन लादेनलाई मार्न उपलब्ध सबै आधुनिक हतियार सहित अमेरिकी सेनाले बर्षौं सम्मको प्रयत्न गरे । अझ पनि कैयौं ब्लास्ट र फायरिंगका खबरहरु हप्तै पिच्छै सुन्न पाईन्छ ।
पाकिस्तानमा बिभिन्न चरमपंथी समुहहरु क्रियाशील देखिन्छन । अफगानिस्तानमा भएको तख्तापलटमा पनि उसको प्रत्यक्ष संलग्नता देखिएको छ । भारत तिर वेला वेलामा हुने गरेको आतंकवादी हमला त पाकिस्तानको नियमित गतिविधि भित्र पर्ने गरेको बुझिन्छ ।
यस्तै अन्य कैयौं आतंकको डिजाईनका लागि सुरक्षित मानिएको पाकिस्तानमा खुल्लेआम ट्रेनिंग सेंटरहरु संचालनमा छन । यस्तै हर्कतका कारण पाकिस्तान पुरै उदाङ्गो भैसकेको छ । आतंकवादी राष्ट्रको रुपमा स्थापित रहेको पाकिस्तानमा गैर-मुसलिमहरुको धार्मिक शोसन पनि हुने गरेको छ । यो समाचार पनि पढ्नुहोस हतास इमरान र स्वार्थी चीनले पाकिस्तानलाई दुर्घटनातर्फ लैजादैछ
पाकिस्तानले आतंकवादलाई आर्थिक सहायता नरोकेपछि एफएटीएफको ग्रे लिस्टमा कायमै
राखेको छ । पेरिसमा रहेको फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई फेरि एक पटक ग्रे लिस्टमा यथावत राखेको छ। पाकिस्तानले आतंकवादलाई वित्तिय सहयोग बढाएको पाइएपछि पाकिस्तानलाई ‘ग्रे लिस्ट’ मा यथावत राखेको हो।
पाकिस्तानलाई ग्रे लिस्टबाट बाहिर आउन ‘जटिल’ कामहरु गर्न आह्वान गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा आवश्यक प्रमाणहरु उपलब्ध गराउन र आतंकवादलाई पूर्णरुपमा रोक लगाउन पनि र आर्थिक सहायता उपलब्ध नगराएको पुष्टि गर्न आग्रह गरिएको छ।
मार्च १ देखि ४ सम्म चारदिने एफएटीए प्लेनरीको समापनपछि पाकिस्तानलाई ग्रे लिस्टमा यथावत राख्ने निर्णय गरिएको हो। पाकिस्तान जुन २०१८ देखि आफ्नो आतंकवाद विरोधी वित्तिय र एन्टि-मनी लान्ड्रिङ व्यवस्थाहरूमा कमजोर देखिएको एफएटीएफको ग्रे लिस्टमा छ।
यो ग्रे लिस्टले यसको आयात, निर्यात, रेमिटेन्स, र अन्तर्राष्ट्रिय ऋणमा सीमित पहुँचलाई प्रतिकूल असर पारेको जनाइएको छ। “जुन सन् २०२१ देखि पाकिस्तानले आफ्नो एएमएल/ सीएफटी शासन सुधार गर्ने दिशामा द्रुत कदम चालेको छ। यो पनि समाचार पढ्नुहोस ऋणको सागरमा डुबेका इमरान खान फेरि पुगे विश्व बैंकको शरणमा, पाउलान् त ऋण ?
कुनै पनि सान्दर्भिक समयसीमा सकिनुअघि कार्यविधिका लागि सातवटा मापदण्ड पूरा गरेको छ, जसमा यसले संयुक्त राष्ट्रका लागि व्यक्ति र संस्थाहरूलाई मनोनयन गरेर प्रतिबन्धहरूको प्रभावलाई बढाउँदैछ भन्ने देखाएको छ। पाकिस्तानको जोखिम प्रोफाइल अनुरूप अपराधको रकमलाई नियुक्ति र नियन्त्रण र जफत गर्ने,’ एफएटीएफले विज्ञप्तिमा भनेको छ। “पाकिस्तानले आफ्नो सन् २०२१ कार्य योजनामा रहेको एउटा बाँकी मापदण्डलाई सम्बोधन गर्न काम गरिनुपर्ने र जटिल एमएल अनुसन्धान र अभियोजनहरू पछ्याउने सकारात्मक र दिगो प्रवृत्ति प्रदर्शन गरेर,’ थप भनिएको छ। यसैबीच, विश्वव्यापी वित्तीय वाचडगले संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि आफ्नो “ग्रे” वाचलिस्टमा थप गरेको छ।


