चीनका २७ वटा प्रान्तमा एक साथ कोरोनाको ओमिक्रोन भेरिएन्ट
चिनको वुहान देखि शुरु भएको कोभीड १९ अहिले चीन सङ्हाईमा तहल्का मच्चाउन शुरु गरेको छ । हुन त चीनले आफै दावी गर्दै भन्छ कि कोरोना महामारीलाई नियन्त्रण गरि सकेको छ तर यो झुठो बोलेको प्रमाणिात हुन लागेको छ । २०१९ देखि शुरु भएको कोभीड १९ का अलग अलग रुप लिदै अहिले पुनः चीन तर्फ नै फर्केको छ । अहिले चीनमा कोरोना संक्रमण फेरि फैलिएपछि सांघाई शहरमा लगाईएको लकडाउनको अवधि बढाइएको छ ।
चिनियाँ खोप सिनोभ्याक असफल बन्दै , कडाई हुँदा पनि निरन्तर संक्रमीत थपिदै

अर्को सूचना नआएसम्मका लागि साँघाईमा लकडाउनको अवधि बढाइएको हो ।
चीनका २७ वटा प्रान्तमा एक साथ कारोनाको ओमिक्रोन भेरिएन्ट फैलिएका कारण २ करोड २५ लाखको ज्यान बचाउन लकडाउनको अवधि बढाईएको चीन सरकारले जनाएको छ । सघाईमा कोरोनाको आतंक , अस्पतालमा ठाउँ छैन, खानेकुरा पनि बाँकी छैन.. संक्रमितका मच्यो कारण अहिले बालबालिकाहरुलाई समेत अभिभावक बाट अलग राखेको छ ।
चीनमा गत सोमबार एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएकोमा मंगलबार सो संख्यामा सामान्य बृद्धि भएको जनाइएको छ । जसमा सांघाई शहरमा मात्रै मंगलबार एकैदिन ९ हजार ८ सय बढी संक्रमित भएका छन् । चीनको संघाई अस्पतालमा डरलाग्दो अवस्था, शव लुकाउँदै , अभिभावक सङ बालबालिका अलग गर्दै आएकोले अभिभावकहरु बिरोधमा उभिएका छ्न ।
सर्वसाधारणको कोरोना परीक्षण फेरि तीब्र बनाएको चीनले त्यहाँ पुग्ने पर्यटकको परिक्षणलाई तीब्र बनाएको छ ।


