२ आश्विन २०८३, शुक्रबार

रोशनलाई पूर्वपत्नी सुजैनको जवाफ, सार्वजनिक गरिन् प्रेमी

एसीपी संवाददाता

२४ चैत्र २०७८, बिहीबार ००:३० मा प्रकाशित

काठमाडौं : बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग सम्बन्धका कारण चर्चामा छन्। उनको विमानस्थलमा प्रेमिका सबासँग हाथ समातेर हिँडेको भिडियो बलिउड नगरीमा भाइरल बनेको छ।

ऋतिककी पूर्व पत्नी सुजैनले पनि सोही अन्दाजमा आफ्ना प्रमी सार्वजनिक गरेकी छन्। उनले पनि सार्वजनिकरुपमा प्रेमी अर्सलान गोनीको हाथ समातेर हिँडेकी छन्। यतिबेला सुजैन र अर्सलानको उक्त भिडियो भाइरल बनेको छ।

समाजिक सञ्जाल प्रयोगकर्ताहरुले ऋतिकलाई सुजैनले कडा जवाफ फर्काएको उल्लेख गरेका छन्।

हुन तः यी दुवैले आफ्ना सम्बन्धका कारण सधैं चर्चामा रहने गर्छन्। दुई सन्तानको आमा-बुबासमेत रहेका ऋतिक र सुजैनले १४ वर्षको वैवाहिक सम्बन्धलाई सन् २०१४ मा अन्त्य गरेका थिए। त्यसयता उनीहरु ‘रिलेशनसिप’का कारण चर्चामा रहने गर्छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x