१४ मंसिर २०८३, आईतवार

मेयरको लागि मैदानमा राई , आयो प्रतिबद्धता

एसीपी संवाददाता

२६ चैत्र २०७८, शनिबार ०६:५६ मा प्रकाशित

मेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता ः नेपालगन्जबासीलाई निशुल्क स्वास्थ्य, शिक्षा र रोजगार एवम् रिङरोड निर्माण तथा ट्रली बस संचालन
जनता समाजबादी पार्टी बाँके अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार मोहम्मद कमरुद्दिन राईले आर्थिक अभावमा उपचार गर्न नसक्ने नेपालगन्जबासीलाई उपमहानगरपालिकाले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रतिवद्धता सार्वजनिक गर्दै भेरी अस्पतालको सेवालाई प्रभावकारी बनाउने बताउँदै अस्पतालले निशुल्क दिन नसक्ने स्वास्थ्य सेवाका लागि उपमहानगरले रकम उपलब्ध गराउने बताए । ‘भेरी अस्पतालबाट निशुल्क पाइने सेवा बाहेक अन्य सेवा आवश्यक पर्ने विरामीका लागि उपमहानगरले रकम उपलब्ध गराउने छ,’ मेयरका उम्मदेवार राईले भने ।
उनले नेपालगन्ज उपमहानगर भित्र संचालनमा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा प्रदान गर्ने ब्यवस्था मिलाउने बताए । एमविविएस चिकित्सकको ब्यवस्था गरि सम्बन्धित वडाका विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाई छ । ‘एक जना एमविविएस चिकित्सकलाई दिनमा दुई–तीन वटा आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गर्ने ब्यवस्था मिलाइने छ,’ उनले भने ।
उनले जेष्ठ नागरिकको निशुल्क आँखा जाँच गरिने बताउँदै आवश्यकता अनुसार जेष्ठ नागरिकलाई निशुल्क चस्मा प्रदान गरिने प्रतिवद्धता जनाए ।
त्यसैगरि, सामुदायिक विद्यालयमा निजी तथा आवासिय विद्यालय सरह पठन पाठनको ब्यवस्था गरिने बताउँदै गरिव तथा सिमान्तकृत परिवारका बालिकाका लागि उच्च शिक्षा आर्जन गर्ने बातावरण मिलाउने मेयरका उम्मेदवार राईको भनाई छ । ‘छोरीलाई उच्च शिक्षा प्रदान गर्न कन्या छात्रबृत्तीको ब्यवस्था गरि गरिव तथा जेहन्दार बालिकाको शिक्षामा पहुँच पढाउने कार्यक्रम ल्याउने छु,’ उनले भने, ‘म नेपालगन्जको मेयरमा जिते भने आर्थिक अभावमा नेपालगन्ज उपमहानगरका कोही पनि शिक्षाबाट बञ्चित हुने छैनन् ।’
नेपालगन्जको पार्किङ र पार्टी प्यालेसको समस्या समाधानका लागि एउटै ठाउँमा पार्किङ, पार्टी प्यालेस र सपिङ कम्प्लेक्स बनाउने उनको योजना छ । त्यसैगरि, रिङरोड निर्माणका लागि तयार भएको डिपिआरलाई कार्यान्वयमा ल्याउने बताएका छन् । ‘नेपालगन्जका मेयरले हरेक पटक रिङरोडको कुरा गर्छन, यसलाई मुख्य एजेन्डा बनाउँछन्, तर कार्यान्वयन गर्दैनन् । मेरो पालामा मैले रिङरोडलाई पहिलो प्राथमिकतामा राख्नेछु,’ उनले भने, ‘हरेक वडामा पार्टी प्यालेस निर्माण गरि स्थानीयलाई सहुलियत दरमा उपलब्ध गराइने छ ।’
किसानले हरेक बर्ष खेप्दै आएको रासायनिक मल र सिँचाइको ब्यवस्था मिलाउने उनले योजना सुनाए । उनले किसानलाई विभिन्न सहुलियत दिएर भारतबाट आउने तरकारीलाई विस्थापन गर्न किसान लक्षित योजना ल्याउने जिकिर गरे ।
मेयरका उम्मेदवार राईले नेपालगन्जका बेरोजगारलाई रोजगार र रोजगार नपाएका यूवालाई बेरोजगार भत्ता उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् । उनले नेपालगन्जदेखि कोहलपुरसम्म विद्युतिय ९ट्रली बस० संचालन गरिने प्रतिवद्धता जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x